आजका समाचार : नयाँ वर्षको चहलपहलदेखि क्रिकेटमा नेपालको जितसम्म | Khabarhub Khabarhub

 आजका समाचार : नयाँ वर्षको चहलपहलदेखि क्रिकेटमा नेपालको जितसम्म


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

युवालाई स्वदेशकै विकासमा आबद्ध गर्न सक्नुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।

नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताएका हुन् ।

समाजवादको आधार तयार पार्न समाजवादी संस्कृति आधारभूत शर्त : प्रधानमन्त्री

कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दै

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजाअर्चना

समृद्धिको जनचाहना पूरा गर्नुपर्छ: माधव नेपाल

किसानलाई ऋणमा डुब्न पर्ने छैन : मन्त्री साह

देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्छ 

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०८१ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई गए राति भर्चुअलरुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्ने बताए ।

नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी

एमालेको सचिवालय बैठक आह्वान

वामपन्थी शक्तिबीच एकता आवश्यक : पूर्वप्रधानमन्त्री खनाल

नेपाल भारतबीचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव

एमाले बागलुङको अध्यक्षमा ​​​​​​​हिराबहादुर केसी

निष्पक्ष न्यायपालिकाको संस्थागत विकासमा जोड

तेस्रो त्रैमाससम्म पुँजीगत खर्च ३२ प्रतिशतमात्रै

नयाँ वर्षका दिन उत्सवमय चहलपहल
नयाँ वर्षको पहिलो दिन आज मुलुकको राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ ।

शनिबार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् ।


नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा लिइन्छ । वसन्त ऋतुको मौसम घुमफिरका लागि प्रतिकूल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ ।

पोखरा, लुम्बिनी, इलाम, मुक्तिनाथ, रारा ताल, शैलेश्वरीलगायतका धार्मिक र पर्यटकीय क्षेत्रमा चहलपहल बढेको जिल्लास्थित समाचारदाताले जनाएका छन् । आज बिहानैदेखि घरघरमा पूजाआजासहित आराध्यदेव पशुपति मन्दिरलगायत देवस्थलमा पूजाआजा र दर्शन गर्नेको घुइँचो देखिएको छ ।

बिस्केट जात्रा हेर्नेको घुइँचो

उदयपुरका धार्मिक स्थलमा भक्तजनको घुइँचो

पाथीभरामा ७५ लाखभन्दा बढी भेटी संकलन

महाकुम्भ मेलामा शाहीस्नान

सिरहाको सलहेशमा फूलबारी मेला
प्रत्येक नयाँ वर्षको दिन मेला लाग्ने सिरहाको लहान नगरपालिका–१२ र २२ को सिमानामा पर्ने सलहेश फूलबारीमा आज पनि मेला लागेको छ । सलहेशमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ ।

हरेक वर्ष नेपाल तथा भारतबाट लाखौँ श्रद्धालु मेलामा आउने र आज पनि उल्लेख्य सङ्ख्यामा आउने अपेक्षा गरिएको सहलेश फूलबारी मेला व्यवस्थापन समितिका अध्यक्ष तारणीप्रसाद चौधरीले बताए ।

भक्तजनको भीड व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी सुरक्षा व्यवस्थापन चुस्त गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष चौधरीले जानकारी दिए ।

आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर

बेनीमा पर्यटक सूचना केन्द्र

संस्कृति जगेर्ना गर्न ‘संस्कृति रक्षा दौड’

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरेका थिए । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

दिपेन्द्रले हाने एकै ओभरमा ६ छक्का

कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल

कतारविरुद्ध आसिफले बनाए अर्धशतक

सिड्नीको सपिङ सेन्टरमा आक्रमण, मृत्यु हुनेको संख्या ६ पुग्यो
सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेको एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित छ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

अज्ञात हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार गरेको र उसलाई पत्ता लगाएर एक महिला प्रहरीले गोली हानी उसको हत्या गरेको अस्ट्रेलियाली प्रहरीले बताएको छ । ती महिलालाई राष्ट्रिय नायकका रूपमा प्रशंसा गरिएको छ ।

अस्ट्रेलियाको एक सपिङ मलमा आक्रमण, पाँच जनाको मृत्यु

उत्तरपश्चिम पाकिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु

राष्ट्रसंघीय मानवीय सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितको बारेमा चिन्ता व्यक्त

मस्कोमा युक्रेनी पूर्व सुरक्षा अधिकारी घाइते, किएभमाथि हत्या प्रयासको आरोप

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ७ : ५८ बजे

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि