नेपाल–भारत सम्बन्ध हिमालभन्दा पनि उच्च छ : मुख्यमन्त्री यादव « Khabarhub

नेपाल–भारत सम्बन्ध हिमालभन्दा पनि उच्च छ : मुख्यमन्त्री यादव


१ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल–भारत बीचको सम्बन्ध हिमालभन्दा पनि उचो र समुद्रभन्दा पनि गहिरो रहेको बताएका छन् ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौंद्वारा नयाँ वर्षको अवसरमा शनिबार जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल– भारत बीचको सम्बन्ध दुई देशका जनता जनताबीच रहेको बताए ।


उनले भने, ‘यो कुराको पुष्टि रामलालाको प्राण प्रतिष्ठा को बेला दुवै देशमा देखिएको हर्षोत्सवले गरिसकेको छ।’ सीमा क्षेत्रमा सुरक्षा र राजस्वको नाउँमा केही वर्षयता सर्वसाधारणसँग सुरक्षाकर्मीहरूबाट भइरहेको व्यवहारले दुई देश बीचको सदियौँ पुरानो सम्बन्धलाई नै खलल पुर्‍याउने कार्य भइरहेको उनको धारणा छ ।


उक्त कार्यक्रमका अध्यक्षता भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत देवी सहाय मीना र भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव गीतान्जलीले गर्नुभएको थियो । भने जनकपुरधाम उपमहानगरक प्रमुख मनोज कुमारसाह सहितका वक्ताहरुले कार्यक्रमको सफलताको कामना गरेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १० : ४७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने