दिल्लीलाई हराउँदै आरसिबी प्लेअफ दौडमा « Khabarhub

दिल्लीलाई हराउँदै आरसिबी प्लेअफ दौडमा


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले प्लेअफको सम्भावनालाई कायमै राखेको छ।

आइतबार राति एम चिन्नास्वामी क्रिकेट रंगशालामा सुरुमा ब्याटिङ गरेको आरसिबीले ९ विकेटको क्षतिमा दिएको १८८ रनको चुनौती पछ्याएको दिल्ली १९.१ ओभरमा सबै विकेट गुमाएर १४० रनमा समेटिएको हो।

महत्त्वपूर्ण खेलमा दिल्लीमाथि ४७ रनको जित निकालेसँगै आरसिबीले प्लेअफ सम्भावना कायमै राखेको हो। यो जितसँगै आरसिबीले १३ खेल खेल्दै १२ अंक जोडेको छ।

समान खेल र अंक भए पनि रनरेटको आधारमा दिल्ली छैठौं स्थानमा पुग्दा आरसिबी पाँचौं स्थानमा उक्लिएको हो। प्लेअफका लागि अब एक खेल खेल्न बाँकी आरसिबीले चेन्नईलाई पराजित गरेर मात्र पुग्दैन। आरसिबीले दिल्ली, लखनउ र हैदरावादको खेलको नतिजामासमेत कुर्नुपर्ने हुन्छ।

आइतबार राति टस हारेर सुरुमा ब्याटिङ गरेको आरसिबीले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८७ रन बनाएको थियो। उसका लागि रजत पटिदरले सर्वाधिक ५२ रन बनाए। विल ज्याक्स ४१, क्यामरुन ग्रिन ३२ रनमा आउट हुँदा विराट कोहलीले २७ रन जोडे।

दिल्लीका खलिल अहमेद र राशिक सलमले दुई विकेट लिँदा इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले एकएक विकेट हात पारे।

१८८ रनको लक्ष्य पछ्याएको दिल्लीका कप्तान अक्षर पटेलले सर्वाधिक ५७ रन बनाए। साइ होप २९, ज्याक फ्रेसर क्याकग्रुकले २१ रन जोड्दा राशिक सलामले १० रन बनाए।

दिल्लीलाई सस्तैमा समेट्न आरसिबीका यस दयालले तीन विकेट हात पारे। उनले मात्र २० रन खर्चिएर तीन ओभरमा तीन विकेट हात पारेका हुन्। उसका लागि लोकी फर्गुसनले दुई विकेट लिए भने स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनले एकएक विकेट लिए।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ५ : ४० बजे

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६