उपेन्द्र निस्किए, प्रदीप आजै स्वास्थ्यमन्त्री « Khabarhub

उपेन्द्र निस्किए, प्रदीप आजै स्वास्थ्यमन्त्री


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयबाट राजीनामा दिएका छन् । 

सो पछि फुटेको अशोक राईको जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य मन्त्रालयमा  पठाउने तयारी भएको छ । जसपाका नेताका अनुसार यादवको शपथ आजै हुने सम्भावना पनि छ । 

यता अध्यक्ष राईले खबरहबलाई भने, ‘प्रधानमन्त्री ज्यूले तयारी गर्नु भन्नु भएको छ । तर शपथ आज या भोलि हुन्छ निधो छैन ।’

यस्तै, हसिना खानलाई स्वास्थ्य राज्यमन्त्री बनाइने भएको छ ।

तत्काल सरकारलाई सन्तुलनमा ल्याउन यादवलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको हो । पछि पुन: सरकारको सन्तुलन मिलाउन  पनि सकिने बताइएको छ ।

अशोक राई समूहले बैखाख १३ गते जसपा विभाजन गरेको थियो । प्रतिनिधि सभामा जसपाबाट उपस्थित १२ सांसद मध्ये अशोकको पक्षमा ७ र यादवको पक्षमा ५ जना सांसद खुलेका छन् ।

तर प्रधानमन्त्रीको सचिवालयले आइतबार २ गते अगाडि मन्त्रपरिषद् पुनर्गठन नहुने खबरहबलाई बताएको थियो ।  हाल प्रधानमन्त्री चितवनमा छन् । 

यो पनि…

उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

केन्द्र सरकार जोगाउने खेलमा जसपालाई सिकार बनाए : लालबाबु राउत 

उपेन्द्र र माधव कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा थिए : अशोक राई

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  २ : ०६ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको