कांग्रेस पछि नहटेपछि निकासको खोजीमा प्रधानमन्त्री, एमाले अध्यक्ष र गृहमन्त्री « Khabarhub

कांग्रेस पछि नहटेपछि निकासको खोजीमा प्रधानमन्त्री, एमाले अध्यक्ष र गृहमन्त्री


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउनु एक दिनअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् ‍खोल्ने संकेत नगरेपछि सत्तारुढ तीन मुख्य दलका नेता संवादमा जुटेका छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बन्नै पर्ने अडान नछोडेपछि तीन शीर्ष नेता सम्भावित विकल्पका लागि संवादमा जुटेका हुन् ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली र गृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेबीच अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवाद भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड सोमबार मात्रै चितवनबाट फर्किएर छलफल थालेका हुन् ।

छलफलमा समग्र सहकारी ठगी प्रकरणबारे संसदीय छानबिन समिति गठन र मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा प्रस्तुत गर्ने भनिएको सरकारको नीति तथा कार्यक्रमबारे कुराकानी भइरहेको छ ।

सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति माग गर्दै कांग्रेसले संसद् अवरोध गरिरहेको छ । कांग्रेस पदाधिकारीहरूको सोमबार बूढानीलकण्ठमा बसेको बैठकले समिति नबनेसम्म संसद्को अवरोध नहटाउने अडान कायमै राखेको छ ।

यस्तोमा निकासको खोजीका लागि सत्तारुढ नेताहरू जुटेका हुन् । कांग्रेसले सहकारी ठगीमा मुछिएका लामिछानेबार संसदीय समिति मागिरहँदा सत्ता पक्षले भने समग्र समस्याबारे अध्ययनका लागि समिति बनाउन सकिने बताइरहेको छ ।

उता सभामुख देवराज घिमिरेले पनि सोमबार अपरान्ह एमाले अध्यक्ष ओलीसँग टेलिफोन संवाद गरे ।

सभामुख घिमिरेले संसद् अवरोध अन्त्य गर्न र भोलि हुने नीति तथा कार्यक्रम सौहार्दपूर्ण बनाउन गरेको अपिलमा अध्यक्ष ओलीले सत्तापक्ष एउटा निष्कर्षमा पुग्ने बताएका थिए ।

घिमिरेले सोमबार नै दिउँसो कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्री लामिछानेसँग छलफल गरे ।

घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरे ।

उनले राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कुटनीतिज्ञहरूलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न अपिल गरेका थिए ।

तर सभापति देउवाले आफूहरूले गृहमन्त्रीको राजीनामा माग नगरेको बताउँदै संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने बताए ।

उनले सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू स्वतः सुचारू हुने उल्लेख गरे । सभापति देउवाले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने बताएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : १२ बजे

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार