वेस्ट इन्डिजले न्युजिल्यान्डसलाई दियो १५० रनको चुनौती « Khabarhub

वेस्ट इन्डिजले न्युजिल्यान्डसलाई दियो १५० रनको चुनौती


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप समूह ‘सी’ अन्तर्गतको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १५० रनको चुनौती दिएको छ। पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा वेस्ट इन्डिजले १४९ रन बनाएको हो।

टस जितेर न्युजिल्यान्डले फिल्ड रोजेपछि वेस्ट इन्डिजले ब्याटिङ गरेको हो। न्युजिल्यान्डको कसिलो बलिङविरुद्ध वेस्ट इन्डिजका सुरुवाती कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्। पावर प्लेमै चार विकेट गुमाएर वेस्ट इन्डिजले मात्र २३ रन जोडेको थियो। १० ओभरमा ५० रन जोडेको वेस्ट इन्डिजले ५ विकेट गुमाइसकेको थियो।

वेस्ट इन्डिजका लागि छैटौं क्रममा आएका शेर्फेन रदरफोर्डले १९ र २० औं ओभरमा विष्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक बनाए। उनले १९ औं ओभरमा तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा दुई चौका र एक छक्का प्रहार गरे। ३९ बलको सामना गरेका उनले २ चौका र ६ छक्काको मद्तमा नटआउट सर्वाधिक ६८ रन बनाए।

वेस्ट इन्डिजका लागि ओपनर जोनसन चार्ल्स शून्यमा आउट हुँदा ब्रान्डन राजाले १२ बलको सामना गर्दै ९ रन जोडे।

तेस्रोक्रमका ब्याट्सम्यान निकोलस पुरनले चार चौकाको मद्तमा १२ बल खेल्दै १७ रन जोडे भने चौथोक्रममा आएका रोस्टन चेस शून्यमा आउट भए।

कप्तान रोभम्यान पावेल पाँच बलको सामना गर्दै १ रन बनाएर आउट हुँदा अकेल होसेनले १७ बलको सामना गरेर १५ रन जोडे भने आन्द्रे रसेल सात बलमा १४ रन बनाएर आउट भए। रोमारियो शेफर्डले १३ बलमा १३ रन जोडे। अल्जारी जोसेफ ६ रन थपे।

वेस्ट इन्डिजको ब्याटिङ लाइनलाई कमजोर पार्न न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चिएर तीन विकेट लिए। टिम साउथी र लकी फर्ग्युसनले समान दुईदुई विकेट हात पारे भने जेम्स निशम, मिचेल सेन्टनरले समान एकएक विकेट लिए।

समूह ‘सी’मा दुई खेल खेलिसकेको वेस्ट इन्डिजले चार अंक जोडेको छ। तालिकाको दोस्रो स्थानमा रहेको वेस्ट इन्डिज आजको खेल जित्दै एक खेल अगाडि ‘सुपर ८’ मा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा छ। न्युजिल्यान्ड भने पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा छ।

यो समूहमा समान चार अंक भएको अफगानिस्तान नेटरनरेटका आधारमा शीर्ष स्थानमा छ। तीन खेल खेलेको युगान्डाले दुई अंक जोडेको छ। समूह ‘सी’का पपुवा न्युगिनी र न्युजिल्यान्ड अंकबिहीन छन्।

 

 

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ८ : ११ बजे

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता