युरोकपको १७औँ संस्करण भोलिदेखि « Khabarhub

युरोकपको १७औँ संस्करण भोलिदेखि


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकपको १७औँ  संस्करण भोलिदेखि सुरु हुँदैछ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दैछ ।

युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका विभिन्न १० स्टेडियममा खेलाइने छ ।

युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो ।

युरोकप उपाधि इतिहास यस्तो छ–

अहिलेसम्म १६ पटक सम्पन्न यो प्रतियोगिताको सबै भन्दा धेरै उपाधि जर्मनी र स्पेनले जितेका छन् ।

जर्मनी र स्पेनले ३–३ पटक युरोकप जितेका छन् । जर्मनीले १९७२, १९८० र १९९६ मा र स्पेनले १९६४, २००८ र १०१२ मा युरोकप जितेका थिए ।

त्यस्तै इटाली र फ्रान्सले २–२ पटक युरोकपको उपाधि जितेका छन् । इटालीले १९६८ र २०२० मा युरोकप जितेको थियो भने फ्रान्सले १९८४ र २००० मा युरोकप जितेको थियो

त्यस्तै १९७६ को युरो कपको उपाधि चेकोस्लोभाकियाले जितेको थियो पछि विभाजन भएर चेक रिपब्लिक र स्लोभाकिया बनेपछि अहिले दुवै देशलाई १९७६ को युरोको विजेता मानिन्छ ।

यसैगरी, रसियाले १९६०, पोर्चुगलले २०१६, नेदरल्याण्डसले १९८८, डेनमार्कले १९९२ र ग्रिसले २००४ को युरोकपको उपाधि जितेका थिए ।

इंग्ल्याण्ड सन् २०२० मा उपविजेता बने पनि अहिलेसम्म युरोकप जित्न सकेको छैन भने बेल्जियम १९८० मा उपविजेता बनेको थियो ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १० : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै