मनसुन पूर्वमै रोकिँदा उखरमाउलो गर्मी (तस्बिरहरू) | Khabarhub Khabarhub

मनसुन पूर्वमै रोकिँदा उखरमाउलो गर्मी (तस्बिरहरू)



काठमाडौं- लामो समयदेखि पानी नपर्दा देशका विभिन्न स्थानमा गर्मीले नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ ।

देशका उच्च गर्मी हुने स्थानमा गर्मीले जनजीवन अस्तव्यस्त भइरहेका बेला काठमाडौं उपत्यकामा पनि त्यसको असर देखिएको छ ।

बुधबारदेखि पूर्वी नेपालबाट भित्रिएको मनसुन मध्यनेपाल र  उपत्यकासम्म नआइपुग्दा गर्मीले एकपछि अर्को रेकर्ड बनाएको छ ।

पूर्वी नेपालका ताप्लेजुङ र पाँचथरमा मनसुनी वर्षातले विनाश निम्त्याउँदै गर्दा काठमाडौं उपत्यकामा भने गर्मीले ९ वर्षअघिको रेकर्ड तोडेको छ ।

जलवाष्पयुक्त वायु काठमाडौंको वायुमण्डलमा कम हुँदा ठूलो र लामो अवधिसम्म वर्षा भएको छैन । त्यहीकारण काठमाडौंको अधिकतम् तापक्रम बुधबार ३४.४ डिग्री सेल्सियस मापन भएको छ ।

यो वर्ष काठमाडौंमा सबैभन्दा बढी तापक्रम जेठ ११, १७ र २८ मा समान ३४.४ डिग्री सेल्सियस मापन भएको छ ।

उच्च गर्मीका कारण काठमाडौंमा चिसो पेय पदार्थहरूको बिक्री ह्वात्तै बढेको छ । सडकमा निस्किने यात्रुले अनिवार्य छाता प्रयोग गरिरहेका छन् ।

उच्च गर्मीकै कारण बुधबार साँझ देशभर बिजुलीको माग २ हजार मेगावाटभन्दा माथि पुगेको थियो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ ।

यद्यपि उनका अनुसार तापक्रम उच्च नै रहिरहने छ । पूर्वी नेपालबाट मनसुन भित्रिन अझै केही दिन लाग्नेछ । शनिबारदेखि उपत्यकामा आंशिक बदली भएर राहत दिने अनुमान छ ।

 

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ४ : १३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका