सरकारको स्पष्टीकरण : टिकटक कानूनी दायरामा आए प्रतिबन्ध लाग्दैन « Khabarhub

सरकारको स्पष्टीकरण : टिकटक कानूनी दायरामा आए प्रतिबन्ध लाग्दैन


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानूनी दायरामा ल्याउने प्रयत्न भइरहेको जनाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन् ।

टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै उनले टिकटकलाई कानूनी दायरामा ल्याउने प्रयत्न भइरहेको बताइन् ।

उनले नेपालको कानूनी व्यवस्थाका आधारमा दर्ता भइ सञ्चालन भए टिकटकप्रति कुनै प्रतिबन्ध नहुने स्पष्ट पारिन् ।

शर्माले बुधबारमात्रै फेसबुकका प्रतिनिधिसँग छलफल भएको बताउँदै नेपालको नियमकानून अनुसार चल्नुपर्नेमा जोड दिएको जनकारी दिइन् ।

उनले आगामी मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल विधेयकलाई संसदमा पठाउने र त्यसपछि बृहत छलफल गर्दै पारित गर्ने जानकारी दिइन् ।

उनले नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सरकारले जोड दिएको पनि बताइन्।

त्यस्तै शर्माले सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनका लागि अन्तरमन्त्रालय समन्वय, अनुगमनका साथै नागरिकको सूचनामा सहज पहुँचका लागि पनि ध्यान दिइएको उल्लेख गरिन् ।

संसद, राजनीतिक दलका साथै सञ्चारमाध्यमहरुको योगदान सुशासन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने उनले बताइन् ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ४ : १९ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब