सरकारको स्पष्टीकरण : टिकटक कानूनी दायरामा आए प्रतिबन्ध लाग्दैन « Khabarhub

सरकारको स्पष्टीकरण : टिकटक कानूनी दायरामा आए प्रतिबन्ध लाग्दैन


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानूनी दायरामा ल्याउने प्रयत्न भइरहेको जनाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो जानकारी दिएकी हुन् ।

टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै उनले टिकटकलाई कानूनी दायरामा ल्याउने प्रयत्न भइरहेको बताइन् ।

उनले नेपालको कानूनी व्यवस्थाका आधारमा दर्ता भइ सञ्चालन भए टिकटकप्रति कुनै प्रतिबन्ध नहुने स्पष्ट पारिन् ।

शर्माले बुधबारमात्रै फेसबुकका प्रतिनिधिसँग छलफल भएको बताउँदै नेपालको नियमकानून अनुसार चल्नुपर्नेमा जोड दिएको जनकारी दिइन् ।

उनले आगामी मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल विधेयकलाई संसदमा पठाउने र त्यसपछि बृहत छलफल गर्दै पारित गर्ने जानकारी दिइन् ।

उनले नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सरकारले जोड दिएको पनि बताइन्।

त्यस्तै शर्माले सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनका लागि अन्तरमन्त्रालय समन्वय, अनुगमनका साथै नागरिकको सूचनामा सहज पहुँचका लागि पनि ध्यान दिइएको उल्लेख गरिन् ।

संसद, राजनीतिक दलका साथै सञ्चारमाध्यमहरुको योगदान सुशासन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने उनले बताइन् ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ४ : १९ बजे

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

मुस्ताङ– अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो

कार्यवाहक देखावटी मात्र हो, सभापतिकै स्वार्थमा पार्टी चल्दैछ : अमरसिंह पुन

काठमाडौं- भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि कांग्रेस ‘फर्म’

सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका

दमौली– नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका

बेनी–पाखापानी सडक : किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

म्याग्दी– बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ ।

कल्याण गुरूङ भन्छन् : विशेष महाधिवेशन माग्ने २५ प्रतिशत पनि छैनन्, दुई महामन्त्रीको नियत ठिक छैन 

काठमाडौं– नेपाली कांग्रेसका नेता कल्याण गुरुङले वरिष्ठ विशेष महाधिवेशन सम्बन्धी