हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ : मन्त्री बस्नेत « Khabarhub

हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ : मन्त्री बस्नेत


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हवाई  उडानका लागि उड्डयन मौसम सेवा  अति आवश्यक र महत्वपूर्ण रहेको बताएका छन् । 

जल तथा मौसम विज्ञान विभागले आज आयोजना गरेको सुरक्षित हवाई  उडानका लागि उड्डयन मौसम सेवाको महत्वसम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सुरक्षित हवाई  उडानका लागि उड्डयन मौसम सेवा निकै प्रभावकारी भएकाले यसको थप विस्तार गरेर अगाडि बढाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘हाम्रो भूगोल हिमाल, पहाड, तराई रहेका छन्, सुरक्षित उडानका लागि उड्डयन मौसम सेवाको निकै आवश्यकता छ, नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा यसलाई थप अगाडि बढाउनुपर्छ ।’ 

उनले सुरक्षित हवाई  उडानका लागि उड्डयन मौसम सेवाको क्षमता विकास र विस्तारमा मन्त्रालयले गर्नुपर्ने आवश्यक सहयोगका लागि सधैँ तयार रहेको र उक्त क्षेत्रमा सबै निकायबाट सहयोगको खाँचो रहेको बताए ।

सोही कार्यक्रममा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले सुरक्षित हवाई  उडानका लागि उड्डयन मौसम सेवाले एयरलाइन्सको उडानदेखि अन्य वर्षात्का बारेमा पनि जानकारी दिने भएकाले यो सेवा प्रभावकारी रहेको स्पष्ट पारे। 

कार्यक्रमका अधिकांश वक्ताहरूले मौसमका विषयमा जानकारी दिनेदेखि हवाई  उडानका लागि उड्डयन मौसम सेवाको थप क्षमता विकास गर्नु आजको आवश्यकता रहेको धारणा राखेका थिए । 

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ६ : ३२ बजे

कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने

चितवन– नेपाली कांग्रेस चितवनले तत्कालीन संविधानसभा निर्वाचनपश्चात् समानुपातिकमा नाम समावेश

एनपीएल : सर्वाधिक रनमा विनोद र रोहितको प्रतिस्पर्धा, कसले जित्ला कार ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको फाइनल बाँकी

पाहुनाक पर्खाइमा ‘मुदीगाउँ’

म्याग्दी– पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज

प्रतिबन्धित मुङ्ग्री माछा नष्ट

सिरहा– नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका प्रतिबन्धित मुङ्ग्री जातका

पैसठ्ठी वर्षका ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारतिर बिहानै जानेहरूलाई एउटा परिचित दृश्य