एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै « Khabarhub

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । 

नेपाली कांग्रेसएमालेबीच यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ ९२० बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्‍न ५ बजेसम्मको समय दिए । 

राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन् । 

चौथो पटक प्रधानमन्त्री हुन लागेका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गर्ने प्रबल सम्भावना रहेको दुवै दलका दोस्रो तहका केही नेताहरूले बताएका छन् । 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्र पद तथा गोपनीयताको शपथ लिने तयारी भएको जानकारी दिए। पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन् । 

यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन् । लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लागेका उनले लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारवास भोगेका थिए ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ५ : ०१ बजे

भूमिमन्त्रीको पहिलो निर्णय- बाँझो जमिन उपयोग गर्ने नीति ल्याउँछु

काठमाडौं– नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह

उपचारको क्रममा कैदीबन्दीको मृत्यु

वीरगञ्ज– वीरगञ्ज कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीबन्दीको

एमालेको महाधिवेशन : नेतादेखि प्रतिनिधिको दौडधुप, चहलपहल वृद्धि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी

झापा क्षेत्र नम्बर ३ बाट कृष्ण सिटौला पुत्र श्याम कांग्रेस उम्मेदवारमा सिफारिस

काठमाडौं- तरुण दलका केन्द्रीय सदस्य श्यामप्रसाद सिटौला झापा क्षेत्र नम्बर

महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण (तस्बिरहरू) 

काठमाडौं– नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पदभार