संसदीय सुनुवाइसहित चारवटा समितिको बैठक बस्दै « Khabarhub

संसदीय सुनुवाइसहित चारवटा समितिको बैठक बस्दै


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक आज बस्दैछन् । आज विकास, आर्थिक मामिला तथा सुशासन, संसदीय सुनुवाइ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे संघीय संसद सचिवालयस्थित समितिकाे हलमा बस्नेछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेका सुशासन र यसको प्रवद्र्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरको शंकर हलमा बस्नेछ । बैठकमा सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका १८ राजदूतको संसदीय सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारस्थित समितिको बैठक कक्षमा दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ९ : १५ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै