ओखलढुङ्गामा ७९ करोड विकास बजेट ‘फ्रिज’ « Khabarhub

ओखलढुङ्गामा ७९ करोड विकास बजेट ‘फ्रिज’


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – गत आर्थिक वर्ष २०८०-८१ मा ओखलढुङ्गामा ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा ‘फ्रिज’ भएको हो ।

कुल ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा ‘फ्रिज’ भएको का प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी दिए । उनका अनुसार जिल्लाका लागि प्रदेश तथा संघीय सरकारले विनियोजन गरेको बजेटमध्ये खर्च हुन नसकेको उक्त बजेट ‘फ्रिज’ भएको हो । 

‘समयमा काम सम्पन्न नहुँदा नियमानुसार भुक्तानी दिन सकिन्न । गत वर्ष जिल्लाको धेरै विकास बजेट फिर्ता भयो’, जोशीले भने, ‘प्रक्रिया पुगेर आएकालाई मात्रै भुक्तानी दिने गरेका छौँ । अन्य रकम नियमानुसार फिर्ता हुन्छ ।’ बजेट फिर्ता हुँदा विकास निर्माण प्रभावित हुने भएकाले समयमै काम गरेर भुक्तानी लिनुपर्ने उनको सुझाव छ । 

सङ्घ र प्रदेश दुवैतर्फ गत आवमा जिल्लाका लागि कुल आठ अर्ब ५४ करोड ५१ लाख ७६ हजार एक सय १५ बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये सङ्घतर्फ चार अर्ब ७८ करोड ७३ लाख ६६ हजार तीन सय १६ चालु र रु एक अर्ब १८ करोड १२ लाख ४७ हजार पाँच सय ८१ पुँजीगत रहेको थियो ।

गत आवमा प्रदेशतर्फ चालु बजेट रु ६२ करोड ७२ लाख ५५ हजार र पुँजीगत रु एक अर्ब ५५ करोड ४८ लाख ८४ हजार बजेट जिल्लाका लागि विनियोजन भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका स्थानीय तहलाई निकासा भएको बजेटमा पनि खर्च  बर्सेनि घटेको छ । 

तथ्यांकमा विकास बजेट खर्च नभएको देखिए पनि जिल्लाका दर्जनौँ आयोजना बजेट अभावका कारण रुग्ण बनेका छन् । राष्ट्रिय गौरवको योजनाका रुपमा रहेका लिखु करिडोर, मोलुङ करिडोर, दर्जनौँ सडक पुलसहितका पूर्वाधारका काम वर्षौंदेखि बजेट अभावमा अधुरा छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : १८ बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट