पटक-पटक भइरहेको हवाई दुर्घटनाबारे सरकार गम्भीर बनोस् : सोविता गौतम | Khabarhub Khabarhub

पटक-पटक भइरहेको हवाई दुर्घटनाबारे सरकार गम्भीर बनोस् : सोविता गौतम


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले पटक-पटक हुँदै आएका हवाई दुर्घटनाका बारेमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेसँग समय माग गरेर बोल्ने क्रममा उनले हवाई दुर्घटनाका बारेमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।   

‘नेपाली जनताको मृत्यु भनेको सरकारको सत्ताको खेलखेलमा आहुती दिने विषय होइन,’ सांसद गौतमले भनिन्, ‘पटक पटक हवाई दुर्घटना जुन भइरहेको छ यसको बारेमा सरकार गम्भीर बनोस् ।’

उनले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउन पनि यथाशक्य पहल गर्नसमेत माग गरिन् ।

 ‘सरकारले गम्भीरतापूर्वक यसलाई नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउन छिटोभन्दा छिटो पाइला चालोस्,’ गौतमले भनिन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ३२ बजे

प्रि-ओपन सेसनमा २ अंकले बढ्यो नेप्से

काठमाडौं- प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०२ अंकले बढेको

अब सम्झनामा टाइटानिकको ‘माइ हर्ट विल गो अन’ का गीतकार

लियोनार्डो डी काप्रिसियो र केट विन्सलेट ९० को दशकका संसारकै

आफूलाई कारबाही गरेर देखाउन एमाले नेता भीम रावलको चुनौती

काठमाडौं-  नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले आफूलाई कार्वाही गरेर

समस्या ‘थ्रेसहोल्ड’मा छैन, पुराना दलमा छ

संविधान संशोधनको विषय उठिसकेको छ । राजनीतिक रूपमा जे जस्तो

चक्रकुण्ड ताल

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित समुन्द्री सतहदेखि पाँच हजार मिटर