पटक-पटक भइरहेको हवाई दुर्घटनाबारे सरकार गम्भीर बनोस् : सोविता गौतम « Khabarhub

पटक-पटक भइरहेको हवाई दुर्घटनाबारे सरकार गम्भीर बनोस् : सोविता गौतम


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले पटक-पटक हुँदै आएका हवाई दुर्घटनाका बारेमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेसँग समय माग गरेर बोल्ने क्रममा उनले हवाई दुर्घटनाका बारेमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।   

‘नेपाली जनताको मृत्यु भनेको सरकारको सत्ताको खेलखेलमा आहुती दिने विषय होइन,’ सांसद गौतमले भनिन्, ‘पटक पटक हवाई दुर्घटना जुन भइरहेको छ यसको बारेमा सरकार गम्भीर बनोस् ।’

उनले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउन पनि यथाशक्य पहल गर्नसमेत माग गरिन् ।

 ‘सरकारले गम्भीरतापूर्वक यसलाई नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्याउन छिटोभन्दा छिटो पाइला चालोस्,’ गौतमले भनिन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ३२ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु