खेलकुद

दशरथ रंगशालामा चर्च ब्वाइज र पारो आमनेसामने (तस्बिरहरू)

By खबरहब

August 13, 2024

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीचको खेल दशरथ रंगशालामा भइरहेको छ।

चर्च ब्वाइज युनाइटेड अनन्त तामाङको कप्तानीमा मैदानमा उत्रिएको छ। पहिलो हाफमा दुवै टोलीले १-१ गोल गर्न सफल भएका छन् ।

सुरुवाती अग्रता भने घरेलु टोली चर्च ब्वाइजले लिएको थियो । चर्च ब्वाइजले अग्रता लिएपछि पारो पनि खेलमा फर्कियो । उसका लागि किङ्गलाले गोल गर्दै खेललाई १-१ बराबरीमा ल्याएका छन् ।

पानी परेकाले दशरथ रंगशाला हिलाम्मे भएको छ । यो रंगशालााई पारोका जापानी स्ट्राइकर कोइसुके होन्डाले अहिलेसम्मकै खराबको संज्ञा दिएका थिए ।

चर्च ब्वाइजबाट आज कप्तान अनन्तसँगै गोलकिपर दीप कार्की, अञ्जन विष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, लकेन लिम्बू, आयुष घलान, ओमोलाजा करिम, पिटर बन्दा, मोसेस न्याबा र एरिक विष्ट मैदानमा छन् ।