माओवादी केन्द्रमा तत्काललाई प्रचण्डको विकल्प नखोजिने « Khabarhub

माओवादी केन्द्रमा तत्काललाई प्रचण्डको विकल्प नखोजिने

सबै नेताको प्रश्न समेटेर दाहालले बिहीबार जवाफ दिने


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक परिस्थितिलाई सही दिशामा अघि बढाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

पार्टीको गतिविधिलाई प्रभावकारी बनाउन पनि अध्यक्ष प्रचण्डकै नेतृत्वमा सबै पंक्ति सङ्गठिन हुनुपर्नेमा नेताहरूले जोड दिएको उपाध्यक्ष अग्नि सापकोटाले बताएका छन् ।

माओवादी चार दिनदेखि जारी स्थायी समितिको बैठकका क्रममा मंगलबार धारणा राख्ने सबै सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गरेर प्रचण्डको नेतृत्वमै एकताबद्ध हुनुपर्ने निष्कर्ष निकालेको सापकोटाले जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दी तोड्न प्रचण्डले नै खास पहल लिनुपर्ने बताउँदै नेताहरूले उनको नेतृत्वको विकल्प तत्काल खोज्न नहुने साझा धारणा बनाएको प्रवक्ता सापकोटाले बताएका छन् ।

माओवादी उपाध्यक्षसमेत सापकोटाका अनुसार नेताहरूले आफ्ना धारणा राख्ने क्रममा सत्ता गठबन्धनले संविधान संशोधन गर्न चाहेको सन्दर्भमा पार्टी अध्यक्षलाई थप बलियो बनाउनुपर्ने राय दिएको थिए ।

बैठकमा उच्चस्तरीय जनवादको अभ्यास गरिएको र त्यही आधारमा उच्चस्तरको केन्द्रीकरण पैदा भएको जानकारी दिँदै प्रवक्ता सापकोटाले पार्टीको राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाएर लान नेताहरू एक मत भएको बताए ।

नेताहरूले विचारको विकासमा जोड दिनुपर्ने, नवप्रवर्तनमा लाग्नु पर्ने तथा आन्तरिक एकता बलियो बनाउँदे अगाडि बढ्नुपर्नेमा साझा मत राखेका सापकोटाले बताए । पार्टी कार्यकर्ताको व्यवस्थापन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेसहित विषयमा खास नीति तथा योजना तयार गरेर कार्यान्वयन गर्नुपर्ने स्थायी समिति सदस्यले बताएका थिए ।

अब अध्यक्ष दाहालले स्थायी समिति सदस्यको धारणासहितको प्रस्ताव तयार पार्ने भएका छन् । त्यसलाई अब बस्ने केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी भएको छ । केन्द्रीय समिति बैठकलगत्तै स्पष्ट कार्ययोजनासहित माओवादीले सङ्गठन सुदृढीकरण र जनपरिचालनको योजना बनाएको सापकोटाले बताए ।

मंगलबारको बैठकमा ११ जना स्थायी समिति सदस्यले बोलेका छन् । स्थायी समिति सदस्यले बोलिसकेपछि अध्यक्ष दाहालले बिहीबार जवाफ दिने भएका छन् ।

मंगलबारको बैठकमा महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव हरिबोल गजुरेलले बोले । त्यसैगरी स्थायी समिति सदस्यहरू कुवेर ओली, सत्या पहाडी, खगराज भट्ट, डीलाराम आचार्य, विश्वनाथ साह, श्रीराम ढकाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र नन्दकुमार प्रसाईले पनि आफ्ना भनाइ राखेका थिए ।

यो पनि-
प्रचण्डको भवितव्य : बुझिनँ मैले, बुझाइदेऊ कसैले…

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : ५३ बजे

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई