जुम्लाको पातारासी गाउँपालिकामा अझै पुगेन विद्युत « Khabarhub

जुम्लाको पातारासी गाउँपालिकामा अझै पुगेन विद्युत


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लाका आठ वटा स्थानीय तहका करिब छ हजार छ सय ६५ घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । यहाँको पातारासी गाउँपालिकाबाहेक यहाँका अन्य पालिकाका छ हजार छ सय ६५ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख रामआशिष शाहले जानकारी दिए ।

जिल्लाको तिला गाउँपालिका–८ र ९ मा केन्द्रीय लाइनको विद्युत् विस्तार हुने सकेकोे छैन । बाँकी सबै वडाका घरधुरीमा विद्युतको पहुँच पुगेको छ । त्यस्तै सिञ्जा गाउँपालिका–३ मा रहेको नराकोट बजारमा विद्युत्को लाइन पुगेको छ भने बाँकी वडामा पुग्न सकेको छैन ।

हिमा गाउँपालिका–२ र ६ बाहेक अरु सबै वडाका घरधुरीमा विद्युत् लाइन पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख शाहले बताए ।

यहाँको कनकासुन्दरी गाउँपालिकाको–३, ५, ६ र ८ वडामा विद्युत्को लाइन पुगिसकेको छ । तातोपानी गाउँपालिका–४ बाहेक बाँकी अरु सबै वडामा तातोपानीमा राष्ट्रिय प्रसारण लाइनको पुगेको छ । गुठीचौर गाउँपालिकाभित्र छ वटै वडामा विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको छ ।

जिल्लामा कूल जनसङ्ख्याको अहिलेसम्म ५४ दशमलव ६७ प्रतिशत नागरिक केन्द्रीय विद्युत् सेवाको पहुँचमा पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ । यहाँका ग्रामीण क्षेत्रसम्म विद्युतीकरण गर्न प्राधिकरण लागिपरेको छ ।

यो वर्ष केन्द्रीय कार्यालयबाट नयाँ विद्युत् विस्तारका कार्यक्रम आएपछि काम अगाडि बढ्ने जुम्ला वितरण केन्द्रले जनाएको छ । पातारासी गाउँपालिकाको–१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत् आयोजनाको नौ सय ९८ किलोवाट विद्युत् लाइनमार्फत जिल्लाभर अहिले विद्युत् सेवा सञ्चालन भएको प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।

– रासस

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ९ : १७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका