गुम्बा अछुतो हुने भन्दै दलित समुदायलाई दिएको निम्तो फिर्ता « Khabarhub

गुम्बा अछुतो हुने भन्दै दलित समुदायलाई दिएको निम्तो फिर्ता


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

सोलखुम्बु – सोलुखुम्बु सदरमुकामस्थित सोलुदुधकुण्ड नगरपालिका—५ सल्लेरीमा दलितमाथि जातीय विभेद भएको छ । सल्लेरीका ङवाङ शेर्पाले आफ्नी स्वर्गीय आमाको नाममा गरिएको पूजा कार्यक्रममा स्थानीय दलित समुदायलाई जातीय विभेद गरेको घटना बाहिरिएको हो ।

पीडित कुमारी विश्वकर्माकानुसार उक्त पूजा कार्यक्रममा आयोजकले गत शुक्रबार सल्लेरी ब्यारेकटोलका विश्वकर्मा समुदायलाई पनि अन्य समुदायसरह निमन्त्रणा कार्ड पठाएका थिए तर निम्तो पठाएको भोलिपल्ट शेर्पाकी श्रीमती जाङ्मु शेर्पाले दलित समुदायको घरमै पुगेर गुम्बामा दलित आउन नहुने भएकाले नआउन उर्दी जारी गर्दै निमन्त्रणा कार्डसमेत फिर्ता गर्न भनिएको थियो ।

गुम्बामा कार्यक्रम गर्ने भएकाले दलित समुदाय सहभागी हुँदा अछुतो हुने भन्दै सहभागी नगराउने सल्लाह भएअनुसार सहभागी नहुन भनेको पीडित विश्वकर्माले जानकारी दिइन् । स्थानीय सुब्बे विश्वकर्माले पनि निमन्त्रणा गरिसकेको अवस्थामा अन्तिममा जातीय कारण देखाउँदै नआउन भनिएको बताए ।

“अघिल्लो दिन हामी सबैलाई निमन्त्रणा कार्ड पठाएर पूजामा आउन आग्रह गरियो तर भोलिपल्ट बिहानै जाङ्मु दिदी आएर तपाईंहरू हाम्रो गुम्बामा आउन मिल्दैन भन्ने कुरा भयो, त्यसैले कोही पनि नआउनुहोला र कार्ड पनि मलाई फिर्ता दिनु भन्दै कार्डसमेत फिर्ता लैजानुभयो”, उनले भने ,“यो हामीमाथि ठूलो विभेद भयो, दलित भएकै कारण पठाएको निम्तोसमेत फिर्ता हुनु विभेद नभएर के हो ?”

यस विषयमा आज जिल्लाभरका दलित अधिकारकर्मी तथा सरोकार भएका सङ्घसंस्थाले जिल्ला प्रशासन कार्यालयमा ध्यानार्कषणपत्र बुझाउँदै घटनाको घोर निन्दा गरेका छन् । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री), प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी रुपेश विश्वकर्मासहितको टोलीले आरोपित शेर्पासमेतलाई झिकाएर छलफल गराएका थिए ।

पीडक शेर्पा दम्पतीले कमजोरी भएको स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेकापछि घटना मिलाइएको छ । साथै आगामी दिनमा यस्ता कार्य नदोहो¥याउने र अन्य व्यक्तिलाई समेत छुवाछुत नगर्न उनीहरुले आग्रह गरेका छन् ।

“हामीले ठूलो कमजोरी गरेको महसुस भयो, आगामी दिनमा कुनै किसिमले पनि जातीय भेदभाव गर्दैनौं र अरु कसैले पनि यो किसिमको व्यवहार नगर्नुस् भनेर लाग्छौँ । हाम्रो व्यवहारले दलित समुदायको मनोभावनामा ठेस पुगेकामा क्षमा चाहान्छु”, ङवाङ शेर्पाले भने ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले दुवै पक्षले सहमतिमै विवाद समाधान गर्ने भनेपछि आफूहरूले फेरि यस्ता घटना नदोहोरिने सुनिश्चिततासहित सहजीकरण गरेको बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १० : २५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार