संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायाधीशको सिफारिस हुने « Khabarhub

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायाधीशको सिफारिस हुने


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरी शुक्रबारका लागि बैठक बोलाएका हुन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाने भएपछि सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिस हुन लागेको हो।

पूर्व तयारी नपुगेको भन्दै बुधबारका लागि बोलाइएको बैठक आजका लागि सरेको हो। संवैधानिक प्रावधान अनुसार एक महिना अगाडि प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिसदले सिफारिस गर्नुपर्छ। तर राजनीतिक खिचातानीका कारण बैठक नै बस्न नसकेको हो।

न्यायपरिषदले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आठ न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाइसकेको छ।

सर्वोच्चको न्यायाधीशको वरिष्ठतामा न्यायाधीश प्रकाशमानसिंह राउत अगाडि छन्। त्यसपछि क्रमस नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम परिषदमा पठाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गरिसकेका छन्।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ४२ बजे

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको

निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण

काठमाडाैं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२

केपीएल क्रिकेट प्रतियोगिता आगामी फागुन ९ देखि सुनसरीमा आयोजना हुने

काठमाडौं– तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको