समाचार

आजका समाचार : संवैधानिक परिषद् अनिर्णित, धनराजले तिरे सहकारी ऋण, पलेसालाई सरकारको ६५ लाख

By खबरहब

September 13, 2024

सिंहदरबारमा कार्यसम्पादन करार सम्झौताको चटारो प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बिहीबार) विभागीय २१ मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता गरे । एक वर्षे सो सम्झौतामा मन्त्रीहरूले गर्ने कामबारे उल्लेख छ ।

प्रधानमन्त्रीसँग यस्तो सम्झौता गरेका मन्त्रीहरूले गर्नुपर्ने कामको जिम्मा सचिवहरूमा सारेका छन् । यस्तो सम्झौताको भार सचिवहरूले अब सहसचिव हुँदै कर्मचारी प्रशासनको तल्लो तहसम्म सार्नेछन् ।

मुलुकको कार्यकारी प्रमुखले माथिदेखि तल सर्नेगरी ९टप टु बटम अप्रोच०मा गराएको कार्यसम्पादन करार सम्झौताको नतिजा चाहिँ सिंहदरबारले सबैभन्दा तल्लो तहमा रहेका कर्मचारीबाट खोज्नेछ ।

माथिल्लो तहले सम्झौतामात्रै गराउने, तर काममा सहजीकरण नगरिदिँदा हैरानी खेप्ने गरेका कनिष्ठ कर्मचारीहरूको अप्ठेरो सम्बोधन गर्नेबारे भने प्रधानमन्त्री ओलीले ठोस निर्देशन दिएका छैनन् ।

सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा ४५ बमोजिम सरकारले बनाएको सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ अनुसार यतिखेर धमाधम कार्यसम्पादन करार सम्झौता भइरहेको हो ।

संवैधानिक परिषद्ले सिफारिस गर्न सकेन प्रधानन्यायाधीश

संवैधानिक परिषद‍्‍मा उपसभामुखको प्रश्न- मलाई हटाउन लागिएको हो ?

सरकारले भेट्टाउन सकेन विदेशमा लुकेका सहकारी सञ्चालक

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध : उद्योगमन्त्री भण्डारी

नारायणगढ–बुटवल खण्ड समयमै निर्माण गर्न गगन थापाको आग्रह

राष्ट्रपतिबाट वरिष्ठ महिला चिकित्सकलाई सम्मान

प्रधानमन्त्री ओलीबाट पलेसालाई नगद ६५ लाख पुरस्कार प्रदान

जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने

संसद्को अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ ।

संसदीय दलको शुक्रबार बसेको बैठकले एमाले सचिव योगेश भट्टराईले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको निष्कर्षसहित संसद्‌मा पार्टीले गरिरहेको अवरोधलाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन् ।

बैठकले संसद् अवरुद्ध गर्नु सही भएको निष्कर्ष निकालेको बताउँदै पाण्डेले सभामुखको निर्णय हिंसा शब्दलाई मात्र केन्द्रित गरेर आएको तर आफूहरूको माग सिंगो जनयुद्धलाई अपमानित गरिएको विषय रहेको बताए ।

सभामुखले रुलिङ गरेको विषय संविधान र शान्ति सम्झौता बमोजिम नआएको बताउँदै आफूहरू निरपेक्ष रुपमा शब्दको पछि नलागेको र सिङ्गो जनयुद्धको अपमान गरेकोले यसलाई प्रतिवाद गरेर जाने निर्णय गरेको पाण्डेले बताए ।

कोशी सरकारमा कांग्रेसको सहभागिता, तीन मन्त्री र एक राज्यमन्त्री थपिए

मितेरी सहकारीमा संसदीय समिति, कुम्भराजको दाबी : ‘डिभोर्स’ कागजी, ज्योतिको ऋण धनराजले तिर्दैछन्

नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको छ : प्रचण्ड

धनराजले सहकारीको ९१ लाख ऋण तिरेको खुलासा

कृषि विकासका लागि व्यवसायिकरण र यान्त्रिकरण आवश्यक : मुख्यमन्त्री आचार्य

वीर अस्पतालमा जलनको उपचार सुरु

राजनीतिक शुद्धीकरण जरुरी छ : मन्त्री गुरुङ

आमासहित काठमाडौंबाट फर्किँदै थिइन् भुपेन्द्रा, घर टेक्नै नपाई दुर्घटनामा दुवैजना बिते बागलुङमा शुक्रबार बिहान भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढा र उनकी आमाले पनि ज्यान गुमाएकी छन् ।

मध्यपहाडी लोकमार्गमा गाउँपालिकाको जीप दुर्घटना भएर तीन सय मिटर तल खस्दा उपाध्यक्ष भुपेन्द्रा बुढा र उनकी ६१ वर्षीया आमा गोपीमायाको पनि ज्या गएको हो ।

प्रहरीका अनुसार शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नम्बर(२ स्थित भुँखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकबाट ३ सय मिटर तल झरेर दुर्घटना भएको हो ।

उक्त पिकपअप भ्यान काठमाडौंबाट रुकुम पूर्व गइरहेको थियो । दुर्घटनास्थलबाट प्रहरीले एकजनालाई उद्धार गरेको छ । ती घाइतेलाई उपचारका लागि बागलुङ बजारस्थित धौलागिरि अस्पतालमा पठाइएको छ ।

काठमाडौं छाड्नुअघि भुपेन्द्राले लेखेकी थिइन्-बालेन र हर्क दाजुले मलाई भोट मागिदिनुपर्‍यो

घर टेक्नै नपाई दुर्घटनामा दुवैजना बिते

रुकुम पूर्वको पुथा उत्तरगंगाकी उपाध्यक्षसहित तीनजनाको मृत्यु

भोटेकोशीमा खस्यो बोलेरो, बाढीका कारण उद्धारमा समस्या

बैतडीमा तीन दिनदेखि छैन बिजुली, सरकारी सेवा नै प्रभावित

पहिरोले सुदूरपश्चिमका प्रमुख राजमार्ग अवरुद्ध

महाकाली नदीको जलसतह उच्च, ७० परिवारलाई सुरक्षित स्थानमा सारियो

तिहाड जेलमा १५६ दिन बसेर रिहा भए अरविन्द केजरीवाल भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल शुक्रबार रिहा भएका छन् । त्यहाँको सर्वोच्च अदालतबाट जमानत पाएसँगै १५६ दिन तिहाड जेलमा बिताएर केजरीवाल रिहा भएका हुन् ।

केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको हो । जमानत मिलेपछि केजरीवालको रिहाइको पत्र तिहाड जेलमा पुर्‍याइएको थियो। उनी समग्रमा करिब ६ महिना लामो जेल जीवन गुजारेर रिहा भएका हुन् । उनी त्यसअघि करिब २० दिन प्रहरीको हिरासतमा बसे ।

जेलबाहिर आएपछि उनले आम आद्मीका कार्यकर्तालाई सम्बोधन गरे । उनले भने, ‘सबैभन्दा पहिले भगवानप्रति आभारी छ । जसका कारण म जेलबाहिर आउन सकेको छु । जसले मन्दिर, मस्जिद, गुरूद्वारामा प्रार्थना गरे, उनीहरू सबैप्रति आभारी छु । मेरो रगतको एक एक थोपा देशका लागि समर्पित छ।’

केजरीवाललाई सर्वोच्च अदालतले दियो जमानत

एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने

इमरान खान दम्पती निर्दोष रहेको जाहेरी अदालतले गर्‍यो अस्वीकार

युक्रेन र गाजा युद्ध अन्त्यका लागि वार्ता गर्न चीनको आग्रह

४९ युक्रेनी युद्धबन्दी किएभ फर्केको जेलेन्स्कीको घोषणा

रूसी सुरक्षा प्रमुख शोइगु र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता