भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौं : परराष्ट्रमन्त्री राणा « Khabarhub

भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौं : परराष्ट्रमन्त्री राणा


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वातावरण विनास र जलवायु परिवर्तनका कारण मानवीय सङ्कट निम्तिएको बताएकी छन् । उनले भोलिको पुस्ताका लागि पनि जोगाइ राख्नेगरी वातावरण संरक्षणमा लाग्न आग्रह समेत गरिन् ।

ललितपुरमा आयोजित हिमालयन क्षेत्रमा वातावरणीय परिवर्तन विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण द्रुत रुपमा हिमाल पग्लिरहेका र यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको पर्यावरणीय चक्रमा नै नकारात्मक प्रभाव पारेको धारणा राखिन् ।

उनले जलवायु परिवर्तनको असर नेपाल र नेपालमात्र नभएर हिमालय क्षेत्रमा अवस्थित देशहरुमा समेत अकल्पनीय रुपमा देखा परिरहेकोतर्फ सचेत हुँदै भावी पुस्तालाई सम्झेर वातावरण संरक्षणमा लाग्नुपर्ने बताउनुभएको हो ।

जलवायु परिवर्तनको असर विशेषगरी हिमाली क्षेत्रका अतिरिक्त महिला र बालबालिकामा समेत परेकाले यी विषयमा व्यापक मात्रामा अनुसन्धान गरी आवश्यक तथ्य र सूचनाका आधारमा समाधानका उपायहरु अवलम्बन गर्नुपर्ने मन्त्री डा राणाले बताइन् ।

मन्त्री डा राणाले भनिन् “प्रभावित क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्न त्यहाँका समुदाय लक्षित कार्यक्रम तत्कालै थाल्नुपर्छ, यो असर हाम्रो देशमा मात्र नभएर हिमालयन क्षेत्रमा अवस्थित देशहरुमै भइरहेकाले सबै सामूहिक रुपमा लाग्नुपर्छ ।”

हिमाली क्षेत्रमा हिमाल पग्लिने, हिमनदी बढ्ने र हिमताल फुट्ने, भीषण बर्षा हुने र बाढी आउने गरेको बताउँदै मन्त्री डा राणाले जलवायु परिवर्तनबाट हिमाली क्षेत्र बढी जोखिममा परेकाले सो क्षेत्रलक्षित कार्यक्रमहरु सुरु गर्न अन्तर्राष्ट्रिय समुदायले ढिला गर्न नहुने तर्क गरिन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ८ : १५ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

दाङ– दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको

बेल्जियम लिगमा नेपाली खेलाडीको दबदबा: गुल्सन र ललितले देखाए जादू, सन्दीप र दीपेन्द्रले आज खेल्ने

काठमाडौँ – नेपालका आठ क्रिकेटरले बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम

‘आईपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

भरतपुर– चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आईपीएम) कृषक पाठशालासम्बन्धी

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

तनहुँ– तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा

११ स्वास्थ्य संस्थाबाट पौने २ करोड बक्यौता असुल गर्ने मन्त्रालयको निर्णय

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमति