नेपाल र इण्डोनेसियाबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिबद्धता | Khabarhub Khabarhub

नेपाल र इण्डोनेसियाबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिबद्धता


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र इण्डोनेसियाबीच पर्यटन प्रवर्द्धनमा सहकार्यका लागि छलफल भएको छ । इण्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीबीच आज दुई देशको पर्यटन प्रवर्द्धन तथा आपसी सहकार्यका विषयमा छलफल भएको हो ।

नेपाल पर्यटन बोर्डमा भएको भेटघाटमा उनीहरूबीच दुवै देशको पर्यटन प्रवर्द्धनमा आपसी सहकार्यका साथ अगाडि बढ्ने विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा उपमन्त्री मार्थिनीले नेपालको कला, संस्कृति र सुन्दरताले आफू मोहित भएको बताउँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“नेपाल साँच्चिकै सुन्दर रहेछ । यहाँको आतिथ्यता र यहाँका मानिसको व्यवहारले म मोहित भएकी छु । नेपालमा पर्यटनको पर्याप्त सम्भावना छ, यसको प्रवर्द्धनका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले भने ।

बोर्डका कार्यकारी प्रमुख जोशीले नेपाल इण्डोनेसियाबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै बोर्ड आससी सहकार्यका लागि सधैँ तयार रहेको बताए । उनले ,“नेपाल र इण्डोनेसियाबीच पर्यटन प्रवर्द्धनका लागि विगतमा पनि सहकार्य थियो, हामी त्यो सहकार्यको निरन्तता चाहन्छौँ । जसबाट नेपालको पर्यटन प्रवर्द्धन हुन सकोस् ।”

कार्यकारी प्रमुख जोशीले दुवै देशको पर्यटन प्रवर्द्धनका लागि ‘बीटुबी’ गर्न सकिने तथा सिधा र नियमित उडान गर्न सके दुवै देशले यसबाट फाइदा लिन सक्ने बताए ।

त्यस अवसरमा नेपाल र बङ्गलादेशका लागि इण्डोनेसियाका राजदूत हेरु हर्तान्नो सुबोलोले इण्डोनेसियाको पर्यटन बोर्ड तथा नेपाल पर्यटन बोर्डबीच सहकार्य गर्नु पर्नेमा जोड दिए । उनले दुवै देशलाई फाइदा पुग्ने गरी प्रवर्द्धनात्मक कार्यक्रम गर्न सकिने धारणा राखे ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १० : ३५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका