नेपाल र इण्डोनेसियाबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिबद्धता « Khabarhub

नेपाल र इण्डोनेसियाबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने प्रतिबद्धता


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र इण्डोनेसियाबीच पर्यटन प्रवर्द्धनमा सहकार्यका लागि छलफल भएको छ । इण्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीबीच आज दुई देशको पर्यटन प्रवर्द्धन तथा आपसी सहकार्यका विषयमा छलफल भएको हो ।

नेपाल पर्यटन बोर्डमा भएको भेटघाटमा उनीहरूबीच दुवै देशको पर्यटन प्रवर्द्धनमा आपसी सहकार्यका साथ अगाडि बढ्ने विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा उपमन्त्री मार्थिनीले नेपालको कला, संस्कृति र सुन्दरताले आफू मोहित भएको बताउँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“नेपाल साँच्चिकै सुन्दर रहेछ । यहाँको आतिथ्यता र यहाँका मानिसको व्यवहारले म मोहित भएकी छु । नेपालमा पर्यटनको पर्याप्त सम्भावना छ, यसको प्रवर्द्धनका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले भने ।

बोर्डका कार्यकारी प्रमुख जोशीले नेपाल इण्डोनेसियाबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै बोर्ड आससी सहकार्यका लागि सधैँ तयार रहेको बताए । उनले ,“नेपाल र इण्डोनेसियाबीच पर्यटन प्रवर्द्धनका लागि विगतमा पनि सहकार्य थियो, हामी त्यो सहकार्यको निरन्तता चाहन्छौँ । जसबाट नेपालको पर्यटन प्रवर्द्धन हुन सकोस् ।”

कार्यकारी प्रमुख जोशीले दुवै देशको पर्यटन प्रवर्द्धनका लागि ‘बीटुबी’ गर्न सकिने तथा सिधा र नियमित उडान गर्न सके दुवै देशले यसबाट फाइदा लिन सक्ने बताए ।

त्यस अवसरमा नेपाल र बङ्गलादेशका लागि इण्डोनेसियाका राजदूत हेरु हर्तान्नो सुबोलोले इण्डोनेसियाको पर्यटन बोर्ड तथा नेपाल पर्यटन बोर्डबीच सहकार्य गर्नु पर्नेमा जोड दिए । उनले दुवै देशलाई फाइदा पुग्ने गरी प्रवर्द्धनात्मक कार्यक्रम गर्न सकिने धारणा राखे ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १० : ३५ बजे

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका