८३ कैदीबन्दीले लगाए टीका | Khabarhub Khabarhub

८३ कैदीबन्दीले लगाए टीका


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ– विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन् । कारागारमा साँझ ५ः३० बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको थियो ।

सोक्रममा ८३ जना कैदीबन्दीले टीका लगाएको तनहुँ कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए । उनले भने, ‘दुई सय ३७ जना आफन्तजनले कैदीबन्दीसँग भेट गर्दैं दशैँ मनाएका छन् । दशैँ मनाउन पाउँदा कैदीबन्दी खुसी भएका छन् ।’

विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले बताए । कारागारमा रहेका कैदीबन्दीले दशैँ मनाउनका लागि रकम सङ्कलन गरेका थिए । सोही रकमबाट उनीहरुले खसीको व्यवस्थापन गरेका थिए ।

सरकारले दशैँ मनाउका लागि प्रति कैदीबन्दी तीन सय र लत्ताकपडा बापत दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराएको थियो ।

केही कैदीबन्दीले मूढा विक्री गरेर समेत दशैँ खर्च जुटाएका थिए । तनहुँ कारागारमा तीन सय ३० कैदीबन्दी छन् । उनीहरुलाई कारागारभित्र रहेका दुई वटा ब्लकमा व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ७ : ३५ बजे

एमाले कटहरिया इन्चार्जमा रामजी साह

रौतहट– रौतहटस्थित नेकपा एमाले कटहरिया नगर कमिटीको ईञ्चार्जमा गरुडा निवासी

किम जोङ उनकी बहिनी पहिलो पटक सन्तानसँग देखिइन्

पोङयाङ- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङकी बहिनी किम यो

पाँच महिनामा सात करोड बढी राजस्व संकलन

तनहुँ– यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा सात करोडभन्दा

घटेन ऋषिकेशको तनाव : श्रीमतीपछि स्वकीय सचिव पनि ठगीमा संलग्न

काठमाडौं- नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश

धुलिखेलमा खानेपानी आयोजना पुनः निर्माणमा जर्मनी सरकारको सहयोग

काभ्रेपलान्चोक– गत असोज दोस्रो साताको बाढी पहिराले क्षतिग्रस्त काभ्रेपलान्चोकको धुलिखेल