नेप्सेमा १४.१२ अंकको गिरावट, १३८ कम्पनीको शेयर मूल्य घट्यो « Khabarhub

नेप्सेमा १४.१२ अंकको गिरावट, १३८ कम्पनीको शेयर मूल्य घट्यो


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.१२ अंकले घटेको छ । नेप्सेमा बुधबार भएको १४४ वटा कम्पनीको शेयर कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य घटेर नेप्से २७३४.८३ अंकमा सीमित भएको हो ।

बुधबार नेप्सेमा भएको शेयर कारोबारमा १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९९ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै आजको शेयर कारोबारमा भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

बुधबारको शेयर कारोबारमा विकास बैंक, फाइनान्स, हाइड्रोपावर र म्यूचुअल फन्डको सूचक बढेको छ भने अन्य सबै सूचकहरू घट्न पुगेको छ । आज १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर ७ अर्ब ९१ करोड बढी रुपैयाँमा कारोबार भएको थियो ।

नेप्सेमा आज भएको शेयर कारोबारमा सप्तकोशी विकास बैंकको शेयर लगानीकर्ताले सबैभन्दा धेरै आम्दानी गरेका छन् भने कुथेली बुखारी साना हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ३ : १७ बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र