पत्रकार भुलको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग | Khabarhub Khabarhub

पत्रकार भुलको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश भुलको हत्यामा संलग्नलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गरी भुलको कुटपिटबाट निधन भएको घटनाप्रति भत्र्सनासमेत गरेका छन् ।

राष्ट्रिय दलित पत्रकार सङ्घ, कैलालीका सहसचिव समेत रहेका कैलालीको गौरीगङ्गा नगरपालिका–११ कान्तिपुर टोल बस्ने भुललाई यही कात्तिक २५ गते साँझ ५ बजेतिर सामान्य विवादमा सोही ठाउँको एक समूहले निर्मम कुटपिट गरेको जानकारीमा आएको महासङ्घले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते सुरेशको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा २६ गते बिहान मृत्यु भएको हो । महासङ्घले पत्रकार भुलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदनासमेत प्रकट गरेको छ ।

“घटनाको अनुसन्धानका लागि महासङ्घले केन्द्रीय सचिव हेमकर्ण विकको संयोजकत्वमा मिसन टोली खटाएको छ, मिसन टोलीले आजैदेखि कार्य थालनी गरेको छ, टोलीले १५ दिनभित्र घटनाको सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ८ : २१ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस