रक्षा सहकार्य अभिवृद्धि गर्न भारत र गुएनाका सेना प्रतिबद्ध « Khabarhub

रक्षा सहकार्य अभिवृद्धि गर्न भारत र गुएनाका सेना प्रतिबद्ध


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र गुएनाबीच रक्षा सहकार्य अभिवृद्धिबारे छलफल भएको छ । गुएनाको रक्षा बलका ब्रिगेडियर ओमर खानले भारतीय सेनाप्रमुख जनरल अनिल चौहानसँग भेटवार्ता गरी यसबारे छलफल गरेका हुन् ।

भेटवार्ताका क्रममा द्विपक्षीय रक्षा सहकार्य, क्षेत्रीय स्थीरता, समुद्री सुरक्षा र आपसी समझदारी विकास गर्ने विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ । पाँचदिने भारत भ्रमणका क्रममा बिग्रेडियर खानले जनरल चौहानसँग भेटवार्ता गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यस भेटवार्तामा जटिल बन्दै गएको सुरक्षा वातावरणमा क्षेत्रीय स्थीरता कायम गर्न दुबै मुलुकका सेनाले प्रतिबद्धता व्यक्त गरेका छन् । सन् १९६५ मा भारत र गुएनाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई मुलुकबीच कृषि, स्वास्थ्य, रक्षा, प्रविधिजस्ता क्षेत्रमा सहकार्य बढ्दै गएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १ : ४९ बजे

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग