एनपीएल : शुक्रबारको दोस्रो खेलमा विराटनगर र चितवन भिड्दै « Khabarhub

एनपीएल : शुक्रबारको दोस्रो खेलमा विराटनगर र चितवन भिड्दै


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दिउँसोको खेलमा चितवन राइनोज र विराटनगर किंग्स भिड्दैछन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ। कुशल मल्लको कप्तानीमा रहेको चितवनले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरसँग प्रतिस्पर्धा गर्न लागेको हो।

प्लेअफ दौड कठिन बनेको विराटनगर र प्लेअफ दौडमा रहेको चितवनबीचको खेललाई रोचक ढंगले हेरिएको छ। एनपील तालिकामा चितवन ६ अंकसहित तेस्रो स्थानमा छ। समान अंक भएको कर्णाली रनरेटका आधारमा चौथो स्थानमा छ। विराटनगर भने दुई अंकसहित तालिकाको पुछारमा छ।

प्रतियोगितामा एक मात्र हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा हुँदा सुदूरपश्चिम आठ अंकसहित दोस्रो स्थानमा छ।

एनपीएल अन्तर्गत शुक्रबार बिहानको पहिलो खेलमा भने प्लेअफ दौडबाट एक खेल अगाडि नै बाहिरिएको लुम्बिनी र प्लेअफ दौडको बलियो सम्भावना भएको कर्णालीबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ६ : १७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु