जसपा नेपालका तीन वटा नगर समिति पुनर्गठन « Khabarhub

जसपा नेपालका तीन वटा नगर समिति पुनर्गठन


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी, (जसपा) नेपालका तीन वटा नगरसमिति पुनर्गठन गरिएका छन् । ललितपुर महानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिकाका नगरसमिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनले भने, ‘सुरेश डङ्गोलको अध्यक्षतामा १५ सदस्यीय ललितपुर महानगर समिति, गोविन्द यादवको अध्यक्षतामा १३ सदस्यीय बर्दिबास नगरसमिति तथा स्वस्तिका राईको अध्यक्षतामा ११ सदस्यीय बेलकोटगढी नगरसमिति गठन भएको छ ।’

त्यसैगरी जसपा नेपालले पार्टीका केन्द्रीय नेतालाई संगठन निर्माण अभियानमा खटाएको र प्रत्येक केन्द्रीय नेतालाई पालिका समिति गठन, पुनःगठनको जिम्मेवारी तोकिएको बस्नेतले बताए।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १२ : ४५ बजे

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल

राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज बिहान

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि