धरानमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या « Khabarhub

धरानमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरान -३ स्थित माछाभौडीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालयका अनुसार ३७ वर्षीय अमृत रसाइलीले  २८ वर्षीया श्रीमती सम्झना रसाईलिलाई दिउँसो करिब १ बजे घाटीमा खुकुरीले प्रहार गरी हत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राम प्रसाद तिम्सिनाका अनुसार खुकुरी प्रहार गर्दा श्रीमतीको घटना स्थलमै मृत्यु भएको थियो घरायसी विवादका कारण श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले  बताए ।

श्रीमान अमृत रसाइलीलाई अहिले इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । मृतक महिलाको शव पोष्टमार्टमकालागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ५ : ५१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब