इंग्लिस प्रिमियर लिग : न्युक्यासलविरुद्ध म्यानचेस्टर सिटीको रोमाञ्चक जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : न्युक्यासलविरुद्ध म्यानचेस्टर सिटीको रोमाञ्चक जित


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा न्युक्यासललाई ३–२ गोलले हराउँदै सिटी विजयी भएको हो ।

सिटीका लागि बर्नार्डो सिल्भा, केभिन डी ब्रुयना र ओस्कार बबले एक–एकगोल गरेका थिए । घरेलु टोली न्युक्यासलका एलेसान्डर इशाकएन्टोनी गोर्डोनले एक–एक गोल फर्काएका थिए ।

सिटीका सिल्भाले खेलको २६औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ३५औँ मिनेटमा इशाकले गोल फर्काउँदै न्यूकासललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, ३७औँ मिनेटमा गोर्डोनले गोल गर्दै न्युक्यासललाई २–१ गोलले अगाडि बढाए । खेलको ७४औँ मिनेटमा सिटीका डिब्रुयनले गोल गर्दै टोलीलाई २–२ गोलको बराबरीमा त्याए । त्यसपछि ९०औँ मिनेटमा  बबले गरेको गोलसँगै म्यानचेस्टर सिटी विजयी बन्यो ।

यो जितसँगै २० खेलबाट ४३ अंक जोडेको सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सिटी शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले पछि छ । पराजित भएको न्युक्यासल २१ खेलबाट २९ अंकसहित १०औँ स्थानमा छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ९ : ३८ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको