नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार र सोमबार चौबिसै घण्टा खुला « Khabarhub

नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार र सोमबार चौबिसै घण्टा खुला


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार र सोमबार चौबिसै घण्टा खुला गरिएको छ ।

माघे संक्रान्ति पर्वलाई लक्षित गरेर उक्त सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार दुई दिन काम रोकेर सडक खुलाइने भएको हो ।

धादिङ र गोरखाबीच भएको समन्वय समिति बैठकमा तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको थियो । अघिल्लो वर्ष पनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो ।

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पुल बनाउन पहरो फोर्ने काम अहिले चलिरहेको छ । उक्त काम गर्न दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गर्ने गरिएको थियो । यस वर्ष सडक बन्द गरेर काम गर्न सुरु गरिएको शनिबार तीन हप्ता भएको छ ।

पुनः २१ दिन दैनिक चार घण्टा सडक बन्द गरेर काम गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । भने गएको पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुँदै आएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु