सार्वजनिक विद्यालय सुध्रिनेगरी विद्यालय शिक्षासम्बन्धी कानुन बनाउन विद्यार्थी संगठनको माग « Khabarhub

सार्वजनिक विद्यालय सुध्रिनेगरी विद्यालय शिक्षासम्बन्धी कानुन बनाउन विद्यार्थी संगठनको माग


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न विद्यार्थी संगठनहरुले सार्वजनिक विद्यालयको शैक्षिक क्षमता सुधार हुने गरि विद्यालय शिक्षासम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा आइतबार बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलका क्रममा विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिहरुले सार्वजनिक विद्यालयको शैक्षिक क्षमता सुधार गर्ने, निजी लगानीको विद्यालय खोल्न नपाउने, सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सार्वजनिक विद्यालयमा छोराछोरी पढाउनुपर्नेलगायतका सुझाव दिएका हुन् ।

बैठकमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका अध्यक्ष समिक बडालले निजि विद्यालय खोल्न प्रोत्साहन गर्ने गरि विधेयक आएको भन्दै संशोधन गर्नुपर्ने धारणा राखे । विद्यालयमा निजी लगानी बन्द हुनेगरि कानून आउनुपर्ने उनले बताए । बडालले कम्पनीबमोजिम स्थापना भएका विधालयलाई निश्चित अवधि तोकेर सार्वजनिक शैक्षिक गुठीमा रुपान्तर हुने बाध्यात्मक व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले राष्ट्रिय पाठ्यक्रम परिषद्का क्रममा नीजि विद्यालयका सञ्चालकलाई राख्ने कुरा उचित नभएको बताइन् । उनले शिक्षामा निजी क्षेत्रलाई थप प्रोत्साहन दिँदा सार्वजनिक विद्यालयको स्तरवृद्धि हुन नसक्ने जिकिर गरिन् । सिंहले राज्यकोषबाट सेवा सुविधा लिने व्यक्तिहरुको छोराछोरीलाई सार्वजनिक विद्यालयमा पठाउनुपर्ने बाध्यात्मक व्यवस्था राख्नुपर्ने बताइन् ।

त्यस्तै, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले सरकारले ल्याउने ऐनले राज्यमा पार्ने आर्थिक भारका विषयमा स्पष्ट हुनुपर्ने बताए । अब खुल्ने विद्यालयको राष्ट्रिय मापदण्ड तय हुनुपर्ने उनको भनाइ छ । त्यस्तै, उनले विद्यालय तहमा अतिरिक्त क्रियाकलापका लागि छुट्टै शिक्षक दरबन्दी स्पष्ट पार्नुपर्ने, शिक्षकको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट मात्रै गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै, अन्य विद्यार्थी संगठनका प्रतिनिधिहरुले विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य गरिनुपर्ने, प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने लगायतका सुझाव दिएका थिए । समितिले विभिन्न विद्यार्थी संघ/संगठनहरुसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरेको हो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ३ : ५९ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त