पाथिभरामा माघ महिनामा २४ लाख बढी भेटी सङ्कलन « Khabarhub

पाथिभरामा माघ महिनामा २४ लाख बढी भेटी सङ्कलन


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा गत माघ एक २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको  तथ्याङ्कानुसार माघमा ६ हजार सात सय एक जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरी चढाएको भेटी २४ लाख एक हजार पाँच सय संकलन भएको समितिले जनाएको छ ।

माघ मसान्तसम्ममा समितिको कोषमा जम्मा बैंक मौज्दात आठ करोड ९४ लाख ५४ हजार ४५ रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए ।

गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको समितिले जनाएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ ।

बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउँने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।

पाथीभराको दर्शनसँगै कञ्चनजङ्घासहितका हिमशृङ्खलाको अवलोकन, विभिन्न प्रजातिका गुराँसको सुन्दरतामा रमाउनुका साथै हिउँ खेल्नका लागि आउने पर्यटक बढेको पाथीभरा क्षेत्रमा पर्ने होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको विर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ ।

मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षातको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । पाथीभरामा हेलिकोप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ११ : ०३ बजे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो