बैतडी र कैलालीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

बैतडी र कैलालीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैतडी र कैलालीबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । बैतडीकाे  सिगास गाउँपालिका-९ श्रीभाबरबाट चरेश जस्तो पदार्थ करिब २किलोसहित बित्थडचिर गाउँपालिका-५ बस्ने ६४ वर्षीय धौले महरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ढोल्यामोडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीकाे जानकी गाउँपालिका-५ अमौराबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ सय ८० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका-२ कान्छिबजार बस्ने २१ वर्षीय नबिन सिलाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : ५४ बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै