लुम्बिनी गुरुयोजना पूरा गर्न ढिलाइ गर्न हुँदैन : सभापति लामिछाने « Khabarhub

लुम्बिनी गुरुयोजना पूरा गर्न ढिलाइ गर्न हुँदैन : सभापति लामिछाने


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुम्बिनी विकास गुरुयोजना पूरा गर्न ढिलाइ गर्न नहुने बताएका छन् । समयमै गुरुयोजना पूरा नहुँदा यस क्षेत्रका हजारौँ स्थानीयवासी विस्थापित हुनुपरेको उल्लेख गरे ।

राष्ट्रिय गौरवका आयोजना पूरा गराउने उद्देश्यसहित आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियव्यापी दबाब अभियानको क्रममा लुम्बिनी पुगेका अध्यक्ष लामिछानेले गुरुयोजना पूरा भए स्थानीयले रोजगारीको अवसर पाउने बताए ।

उनले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि बाहनामा अब ढिला गर्न नहुने सुझाव दिनुभयो । लामिछानेले भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण अर्बौँ रुपैयाँको लगानी जोखिममा रहेको बताए ।

रास्वपाले राष्ट्रव्यापी दबाब अभियानअन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि पैदलयात्रा गरेको हो । सातवटै प्रदेशमा रुग्ण तथा अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले रास्वपाले दबाब अभियान सञ्चालन गरेको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ९ : ५८ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर