राष्ट्रिय राजमार्ग जोड्ने सडक स्तरोन्नति गरिँदै « Khabarhub

राष्ट्रिय राजमार्ग जोड्ने सडक स्तरोन्नति गरिँदै


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजमार्गले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन सडकले जोडिएका हुन् । 

राष्ट्रिय राजमार्गले नजोडिएको बरेङ गाउँपालिकाले सहज यातायातका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरसँग जोड्नका लागि सडक खुलाएर स्तरोन्नति गर्न थालेको छ । गाउँपालिकाको पश्चिममा मध्यपहाडी लोकमार्ग र पूर्वमा कालीगण्डकी करिडोर पर्छन् । दुवैतर्फ नाका खोलेर यस वर्षदेखि स्तरोन्नतिको काम गर्न थालिएको हो ।

मध्यपहाडी लोकमार्गसँग जोड्न पेरीबाङतर्फबाट एक दशक अगाडि नै ट्रयाक खुले पनि पूर्वमा कालीगण्डकी करिडोरसँग जोड्न उर्लेनीमा गत वर्षमात्रै ट्रयाक खोलिएको थियो । दुई राष्ट्रिय राजमार्गलाई जोड्नका लागि खुलाइएको यो सडक गाउँपालिकाको गौरवको योजना हो । दुवैतर्फबाट सडक जोडिएपछि दक्षिण बागलुङका हजारौँ नागरिकलाई बुटवल, भैरहवालगायतका सहरमा पुग्न सहज हुने भएको छ । 

गाउँपालिकाले दुईतिरैबाट राजमार्ग जोडेपछि सडकलाई स्तरोन्नतिसमेत गर्न थालेको छ । यस सडकलाई स्तरोन्नति गर्नका लागि गाउँपालिको चालु आर्थिक वर्षमा रु दुई करोड २० लाख विनियोजन गरेर काम अगाडि बढाएको छ । बरेङसँगै गलकोट क्षेत्रका नागरिकलाई राष्ट्रिय राजमार्गसँग जोडेर यातायातालाई सहज बनाउन यो सडक निर्माण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । 

राजमार्गको पहुँचभन्दा टाढा हुँदा यहाँका नागरिक हरेक अवसरबाट बञ्चित हुने हुँदा पालिकाले लगानी गरेर दुई राजमार्गसँगको पहुँच बढाएको उहाँको भनाइ छ । यो सडकले बरेङमा थुप्रै सम्भावनाको ढोका खोलेको अध्यक्ष शर्मा बताउँछन्। बुटवल तथा काठमाडौँ जानका लागि धेरै फेरो लगाएर पुग्नुपर्ने बाध्यताको समेत अन्त्य हुने शर्माको भनाइ छ ।

सो सडक करिब २० किलोमिटर छ । सडक स्तरोन्नतिका लागि रेसुङ्गा दर्शन अर्जुन-श्रीकृष्ण जेभीले जिम्मा लिएको छ । गत पुसमा सम्झौता भएर काम सुरु गरेको निर्माण कम्पनीले हालसम्म करिब ७० प्रतिशत काम सकेको गाउँपालिकाका इन्जिनियर कृष्णबहादुर थापाले जानकारी दिए। 

यस वर्ष सडक फराकिलो बनाउने, ठाउँ–ठाउँमा ढलान गर्ने, पक्की नाली र ग्राभेल गरिने उनको भनाइ छ । निर्माण कम्पनीले तीव्रगतिमा काम गरेको हुँदा अब ग्राभेलमात्रै गर्न बाँकी रहेको इन्जिनियर थापाले बताए। निर्माण कम्पनीले विसं २०८१ वैशाख ३१ गतेसम्म काम सक्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  २ : ३६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको