दुबई पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ « Khabarhub

दुबई पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । दुबई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको बन्दिपुर घर भएर काठमाडौँको मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारी छन्।

दुबईमा मासिक ७० हजार तलब हुने कम्पनीमा जागिर लगाइदिन्छु भनेर पीडितसँग २ लाख ५० हजार लिएपछि उनी सम्पर्क विहीन भएका हुन्।

आरोपीलाई काठमाडौँको बत्तिसपुतलीबाट पक्राउ गरेर कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ९ : ०६ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै