भक्तपुरमा यसरी मनाइयो सिन्दूर जात्रा « Khabarhub

भक्तपुरमा यसरी मनाइयो सिन्दूर जात्रा


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुरको मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । स्थानीय बासिन्दाले आज बिहान सिन्दूरमा रंगिएर यो जात्रा मनाएका हुन् । बिक्रम संवतको हरेक नयाँ वर्षको भोलिपल्ट सिन्दुर जात्रा मनाउने गरिन्छ ।

यो जात्रा सांस्कृतिक बाजा बजाउँदै नाचगान गर्ने र एक आपसमा सिन्दुर छ्यापेर रमाउने चलन छ।

बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दूर ९सुथसिया० जात्रा मनाएका हुन् ।

थिमिमा मात्रै मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा तालमा नाच्दै हातहातमा चिराग बाल्ने चलन छ । खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ । तर केही वर्ष यता भने २६ खट मात्रै जात्रामा सहभागि हुने गरेका छन् ।

यो जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुबिर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी बिष्णुवीर, सिद्धिकालीलगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाइएको छ ।

थिमिमा ३२ देवीदेवतका खट सहभागी रथ बोकेर टोलटोलमा परिक्रमा गराई परम्परागत रुपमा मनाउदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एउटा, बोडेमा सात, टिगनीमा एउटा छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको छ ।

यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै मनाइन्छ ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी  र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्या बाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानिय जात्रालुहरु रमाईलो गर्ने भएकाले पनि यसलाई केहीवर्ष यता सिन्दुर जात्रा पनि भन्न थालिएको छ ।

बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरु सहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचाले पछि बालकुमारीको जात्रा सुरु गरिएको छ ।

परम्परा अनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन भनेर लायकू प्रवेशद्वारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ ।

खट जात्रा अगाडि बढाउदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ ।

बालकुमारीलाई बिभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका वासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  १२ : १६ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको