प्रहरीको सर्वाधिक खोजीमा रहेका शेख नुरुल्लाह १० महिना पछि पक्राउ  « Khabarhub

प्रहरीको सर्वाधिक खोजीमा रहेका शेख नुरुल्लाह १० महिना पछि पक्राउ 


२ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

रौतहट– प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एक कुख्यात अपराधी शेख नुरुल्लाहलाई १० महिना पछि रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा आइतबार आयोजित पत्रकार सम्मेलनमा रौतहट जिल्ला देवाही गोनाही नगरपालिका वडा नम्बर १ घर भएका ५२ वर्षीय कुख्यात अपराधी शेख नुरुल्लाहलाई सार्वजनिक गरिएको हो ।

अपराध क्षेत्रको मास्टरमाइण्ड व्यक्तिको रूपमा प्रख्यात रहेका नुरुल्लाहलाई प्रहरीले रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ लक्ष्मिपुर बेलविछवा चोक नजिक रहेको नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

२०८० जेठ ११ गते मध्य राति साढे १२ बजेको समयमा देवाही गोनाही नगरपालिका वडा नम्बर १ करुनिया गाउँमा ७८ वर्षीय शेख तैयवलाई शेख नुरुल्लाहको आदेशमा सोही स्थानका शेख शेराज, शेख सद्दाम भन्ने खलिउल्लाह र भारतीय नागरिक राकेशकुमारले गोली हानी हत्या गरेको प्रहरीको भनाइ रहेको छ ।

तत्कालै प्रहरीले शेख शेराज र भारतीय नागरिक राकेश कुमारलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट पुर्पक्षका लागि कारागारमा छन् भने मुख्य योजनाकार नुरुल्लाह र उनका भाइ खलिउल्लाह फरार रहँदै आएको रौतहट प्रहरीले आइतबार गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

वृद्ध तैयवको हत्या गराउने मुख्य योजनाकार शेख नुरुल्लाह र खलिउल्ला विरुद्ध गत पुस १६ गते जिल्ला अदालत रौतहटले ज्यान कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । गोप्य सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रहरूमा विशेष निगरानी बढाएको र सोही क्रममा आइतबार बिहान नुरुल्लाहलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ ।

२०७७ साल भदौ ३ गते राति ९ बजेको समयमा माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहिया बजार स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साह मन्दिर परिसरमै बसेर खाना खादै गरेको अवस्थामा देब्रे कन्चटमा गोली हानी भएको हत्यामा समेत उनी मुछिएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ७ : ३२ बजे

सुकुम्वासी समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकारलाई कांग्रेसको सुझाव

काठमाडौं – नेपाली कांग्रेसले सुकुम्वासी बस्तीका समस्याको दीर्घकालीन समाधानका लागि

मन्त्री गौतम र चिनियाँ राजदूत झाङबीच भेटवार्ता

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग

कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु

कास्की – कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा

‘पार्टीलाई थाहै नदिई बालेनले लिए सुकुम्बासी हटाउने निर्णय’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौंका सुकुम्बासीलाई हटाउने अभियान थालेपछि चौतर्फी