एक खेल अगाडि नै गिल कप्तान रहेको गुजरात प्लेअफ दौडबाट बाहिरियो « Khabarhub

एक खेल अगाडि नै गिल कप्तान रहेको गुजरात प्लेअफ दौडबाट बाहिरियो

कोलकाता १९ अंकसहित शीर्ष स्थानमा


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल)को प्लेअफ दौडबाट शुभमन गिल कप्तान रहेको गुजरात टाइटन्स बाहिरिएको छ।

सोमबार राति गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्स बिचको खेल वर्षाले अवरुद्ध भएपछि अंक बाँडिएसँगै गुजरात प्लेअफ दौडबाट बाहिरिएको हो।

एक खेल अगाडि नै ११ अंक बनाउँदै गुजरात प्लेअफ दौडबाट बाहिरिएको हो। कोलकाता भने १९ अंकका साथ शीर्ष स्थानमा कायमै छ। अब गुजरातले सनराइजर्स हैदरावादसँग एक खेल खेल्न बाँकी छ। गुजरातसँगै अहिलेसम्म पञ्जाब किंग्स र मुम्बई इन्डियन्ससमेत प्लेअफ दौडबाट बाहिरिसकेका छन्।

कोलकाता शीर्ष स्थानमा रहँदै प्लेअफमा सुरक्षित छ। राजस्थान रोयल्स प्लेअफ पुग्ने निश्चित भए पनि गणितीय सम्भावना अझै बाँकी नै छ।

पाँच टिम प्लेअफका लागि संघर्षरत छन्। चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद १४ अंकका साथ प्लेअफ दौडमा छन् भने रोयल च्यालेन्जर्स बंग्लोरु, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्सको गणितीय सम्भावना जीवितै छ।

आईपिएलमा मंगलबार दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्स खेल्नेछन् । दुवै टोलीको प्लेअफ सम्भावना कायमै रहेको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ६ : ०४ बजे

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी