शेयर बजारले पार गर्‍यो मनोवैज्ञानिक विन्दु, २८.६२ अंकको वृद्धि « Khabarhub

शेयर बजारले पार गर्‍यो मनोवैज्ञानिक विन्दु, २८.६२ अंकको वृद्धि


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले मनोवैज्ञानिक भनिएको २००० विन्दु पार गरेको छ । यस साता लगातार ३ दिनसम्म बढेको बजारले यस्तो रेखा पार गरेको हो ।

मंलबार एकै दिन नेप्से २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा कायम भएको छ । आइतबार ८.२६ अंकले, सोमबार २४.३९ अंकले र आज १.४३ प्रतिशतले नेप्से बढेको हो ।

आज ४ अर्ब ८ करोड ८८ लाख ५२ हजार रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता शेयर ५९ हजार ८५६ पटक किनबेच भएको छ ।
मंगलबार ३२० कम्पनीको शेयर करोबार हुँदा २१९ कम्पनीको शेयर मूल्य बढ्दा २२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

मंगलबार सेन्सेटिभ इन्डेक्स ३.६० अंकले, फ्लोट इन्डेक्स १.९० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२१ अंकले बढेको छ ।

आज १३ वटा उपसमूहमध्ये सबै समुहको शेयर बढेको छ । आज ७ कम्पनीको शेयर १० प्रतिशतले बढेर मा सकारात्मक सर्किक लागेको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ३ : ४७ बजे

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति