इजरायल र अमेरिकाद्वारा पछिल्लो २४ घण्टामा इरानमाथि १२ सय बढी बम प्रहार गरेका दाबी « Khabarhub

इजरायल र अमेरिकाद्वारा पछिल्लो २४ घण्टामा इरानमाथि १२ सय बढी बम प्रहार गरेका दाबी


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

इजरायल – इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेई को मृत्यु भएको दाबीपछि मध्यपूर्वको अवस्था अत्यन्त तनावपूर्ण बनेको छ । इजरायल र अमेरिकाले पछिल्लो २४ घण्टामा इरानमाथि १,२०० भन्दा बढी बम प्रहार गरेको इजरायली वायुसेनाले जनाएको छ। ती आक्रमणहरूकै क्रममा इरानका सर्वोच्च नेता खामेनेई मारिएको दाबी गरिएको हो ।

शनिबार खामेनेईको कार्यालय परिसरलाई लक्षित गर्दै ३० वटा मिसाइल प्रहार गरिएको थियो । उक्त हमलामा उनकी छोरी–ज्वाइँ, बुहारी र नातिनी सहित परिसरमा उपस्थित करिब ४० जना कमान्डरहरूको ज्यान गएको बताइएको छ । हमलाको समयमा खामेनेई कमान्डरहरूसँग बैठकमा रहेको जनाइएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहू ले शनिबार राति ढिलो खामेनेई मारिएको बताएका थिए । त्यसलगत्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको मृत्यु भएको दाबी गरेका थिए । आइतबार बिहान इरानका सरकारी समाचार एजेन्सी तस्नीम समाचार एजेन्सी र फार्स समाचार एजेन्सीले समेत उक्त घटनाको पुष्टि गरेको जनाइएको छ ।

यता इरानी सेनाले अबसम्मकै सबैभन्दा खतरनाक अभियान सुरु गर्न लागेको चेतावनी दिएको छ । इरानले इजरायलसहित मध्यपूर्वका विभिन्न देशहरूमा जवाफी हमला सुरु गरिसकेको बताइएको छ। इजरायलमा भएको एक आक्रमणमा ८ जनाको मृत्यु भएको छ।

यसैबीच, इजरायल र अमेरिकाले तेहरानसहित इरानका १० ठूला सहरलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ । ती आक्रमणबाट २०० भन्दा बढी व्यक्तिको ज्यान गएको तथा ७४० भन्दा बढी घाइते भएको खबर छ । एउटा विद्यालयमा मिसाइल खस्दा १४८ छात्राको मृत्यु भएको र ४५ जना घाइते भएका छन् ।

खामेनेईको निधनपछि इरानमा ४० दिनको राजकीय शोक तथा सात दिन सार्वजनिक बिदा घोषणा गरिएको छ। इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सले एक वक्तव्य जारी गर्दै भनेको छ “हामीले एक महान नेता गुमाएका छौं र सम्पूर्ण देश शोकमा डुबेको छ” जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ८ : २६ बजे

एकै पटक धेरै पुस्तक प्रकाशन गरेर विश्व कीर्तिमान

काठमाडौं– जति टाढा उति देशको माया गाढा । यो उक्ति

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा

मप विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु : कृत्रिम बुद्धिमत्ता र डिजिटल रूपान्तरणमा जोड

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थत मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय

११ दिनमा ३५० विपद्का घटना : २० जनाको को मृत्यु, ६६ जना घाइते  

काठमाडौं– वैशाख १ देखि ११ गतेसम्म देशभर विभिन्न प्रकृतिका विपद्का

साँखुमा गोली चल्यो, तीनजना लागूऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको