काठमाडौं मोडेल अस्पताल र प्रभु बैंकबीच सम्झौता « Khabarhub

काठमाडौं मोडेल अस्पताल र प्रभु बैंकबीच सम्झौता


१ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच काठमाडौं मोडेल अस्पतालका प्रबन्धकिय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रवीन्द्र ढकालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक,कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारजनले मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै बैंकका कर्मचारी तथा ग्राहकले आफ्नो बैंक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

नेपालको सामुदायिक क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक काठमाडौं मोडेल अस्पतालले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनि आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको छ ।

स्वास्थ्यप्रति जागरूक नागरिकको लागि काठमाडौं मोडेल अस्पतालमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै मोडेल अस्पतालले दन्त चिकित्सालय सुविधा पनि उपलब्ध गराउँदै आइरहेको छ ।

समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक, सबिन राणा, दीना चित्रकार तथा काठमाडौं मोडेल अस्पतालका वित्तीय तथा प्रशासकीय नियन्त्रक चैन कुमार बज्रार्चायको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ५ : ४७ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम