सगरमाथा आरोहणका क्रममा दुई जना सम्पर्कविहीन « Khabarhub

सगरमाथा आरोहणका क्रममा दुई जना सम्पर्कविहीन


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन् । 

पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋतुको जारी आरोहणमा सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएको विभागको आधार शिविरमा रहेको फिल्ड कार्यालयलाई जनाएको छ । 

मौसम अनुकूलताकैबीच वैशाख ३१ गते बिहान ८ः४५ बजे   दुवै आरोही सगरमाथाको चौथो शिविरबाट चुचुरोतर्फ लागेको जनाइएको छ । 

आरोहण व्यवस्थापन गर्ने एजेन्सीसँगको सहकार्यमा सम्पर्कविहीन दुवै आरोही हराएको सम्भावित माथिल्ला शिविर मा खोजी जारी रहेको पर्वतारोहण अनुगमन तथा सहजीकरण समिति खुम्बु क्षेत्रका सदस्य सचिव एवं पर्यटन विभागको फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमबाट जानकारी प्राप्त भएको विभागले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ६ : ४० बजे

नेपाली कम्युनिस्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछ : भीम रावल

बैतडी । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले जनताका अधिकारलाई

जाडो बढेसँगै लेकबाट बेसी झर्ने बढे

गोरखा- जाडो बढ्दै गएपछि हिमाली भेगका बासिन्दा बेसी झर्न थालेका

नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन : स्वर्णिम वाग्ले

तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र