लगानीको सम्भावना खोज्दै फिनल्यान्डको टोली नेपालमा « Khabarhub

लगानीको सम्भावना खोज्दै फिनल्यान्डको टोली नेपालमा


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा लगानी प्रवर्द्धन तथा लगानी साझेदारीका लागि ‘डुइङ बिजनेस वीद फिनल्यान्ड’ कार्यक्रम भएको छ ।

इन्स्टिच्युट फर स्टाटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर) को आयोजनामा मंगलबार काठमाडौंमा फिनल्यान्डका लगानीकर्ता तथा उद्यमीहरूको सहभागितामा नेपालमा लगानी सम्भाव्यताको विषयलाई लिएर सो कार्यक्रम भएको हो ।

फिनल्यान्डका विभिन्न ९ वटा कम्पनी, नेपाली उद्योगी तथा अन्य विशिष्ट प्रतिनिधिहरूको सहभागितामा दुई वटा सेसनमा भएको कार्यक्रममा विशेषगरी नेपालमा लगानीको सम्भावनाको विषयमा छलफल भएको थियो ।

 

दोस्रो सेसन तथा वृहत् छलफल कार्यक्रममा पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपालमा उद्योग तथा व्यवसायको क्षेत्रमा लगानीको ठूलो अवसर भएको उनले बताए । साथै उनले भारतलाई बजार केन्द्रित गरेर पनि नेपालमा उद्योग तथा व्यवसायमा लगानी गर्न सकिने बताए ।

फिन आइटीका कग्निट नेपाल लिमिटेडका मनिषजंग खड्काले नेपालमा उद्यम गर्दा खास गरी व्यूरोक्रेसी प्रणालीबाट ढिलाइ तथा चुनौती व्यहोनुपर्ने स्थिति रहेको बताए ।

कार्यक्रमको आयोजक संस्था आइएसएसआरका निर्देशक नरेश श्रेष्ठले नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा प्रविधि, प्याकेजिङ, वित्तीय, उत्पादन लगायतका विषयमा साझेदारी गर्न सकिने राम्रो सम्भावना रहेको बताए ।

साथै, नेपाल फिनल्यान्ड चेम्बर अफ कमर्सका महासचिव विशेष श्रेष्ठले आफ्नो फिनल्यान्डको व्यापार अनुभव साझेदारी गर्दै नेपालको उद्योग तथा व्यवसायको क्षेत्रमा सहकार्य गर्न सकिने अवस्था रहेको सकारात्मक विचार राखेका थिए ।

कार्यक्रमको सुरुवात अर्थात् पहिलो सेसनमा फिनल्यान्ड राजदूतावासकी हेड अफ को–अपरेसन सारा अलानेनले स्वागत मन्तव्य राखेकी थिइन् । त्यस्तै, फिन फन्डका जुलियन ब्लुमले फिन पार्टनरका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले द्विपक्षीय व्यापारको विषयमा जानकारी गराएका थिए ।

नेपाल–फिनल्यान्ड लगानी प्रवर्द्धनको विषयमा आयोजना गरिएको यो तेस्रो कार्यक्रम हो ।

यसअघि सन् २०१७ र २०१९ मा सो कार्यक्रम गरिएको थियो । सो कार्यक्रमले नेपालमा लगानी प्रवर्द्धनको लागि सहज वातावरण बनाउन सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

  

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ७ : १५ बजे

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौँ : संयोजक दाहाल

त्रिवेणी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं- सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका