अमेरिकी क्रिकेटलाई चर्चामा ल्याउने दुई भारतीय | Khabarhub Khabarhub

अमेरिकी क्रिकेटलाई चर्चामा ल्याउने दुई भारतीय


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

सौरभ नेत्रवालकरले सुपर ओभरमा गरेको सनसनीपूर्ण प्रदर्शनले अमेरिकाले पाकिस्तानलाई हरायो। जारी टी २० विश्वकपमा यो नै एउटा महत्त्वपूर्ण प्रदर्शन हो। यस्ता धेरै प्रदर्शन चर्चामा रहे। नेदरल्यान्ड्सले दक्षिण अफ्रिकासँग पराजयको सामना गरेको छ। तर संसारको उत्कृष्ट ब्याटिङ ठानिएको दक्षिण अफ्रिकाले १२ रनमा नै ४ विकेट गुमाएको थियो।

यसै सनसनी पूर्ण प्रदर्शनको बिचमा भारतीय मूलका नेत्रवालकरका साथमा हर्मित सिंहको चर्चा आवश्यक ठानिएको छ। यिनै दुई भारतीय मुलका अमेरिकी क्रिकेटरका कारण अमेरिकाको यो सनसनीपूर्ण प्रदर्शन सम्भव भएको हो। अमेरिकामा क्यारियर बनाउन आएका यी युवाकै कारण अहिले विश्वकपमा नयाँ रोमाञ्चकता थपिएको छ।

तेस्रो खेलमा पुग्दा अमेरिकाले पहिलो हारको सामना गरेको छ। भारतका आर्शदीप सिंहले ४ ओभरमा ९ रन दिएर चार विकेट लिएपछि अमेरिकाले भारतसँग बुधबार भएको खेलमा हारको सामना गरेको हो। लगातार तीन जितसहित भारत ‘सुपर ८’मा प्रवेश गरिसकेको छ।

 

अमेरिका ‘सुपर ८’मा प्रवेशको होडमा छ। बुधबार भएको खेलमा भारत १११ रनको लक्ष्य पछ्याइरहेको थियो। पावर प्लेमा तीनै नेत्रवालकर बलिङ गर्न आएका थिए। उनको अघि थिए भारतका कप्तान रोहित शर्मा, जो सँग उनी अधेरी रेल स्टेसनदेखि मुम्बई क्रिकेट मैदानमा धेरै पटक यात्रा गरेका थिए।

विराट कोहली पनि तिनै ब्याट्सम्यान हुन्, जो भारतीय क्रिकेटमा स्टार भइरहँदा सँगैका नेत्रवालकर क्रिकेट भन्दा कम्प्युटर इन्जिनियरिङमा राम्रो भविष्य र सम्भावना देखेर अमेरिका पुगेका थिए। उनले पावर प्लेमा ३ ओभर १२ रन खर्चेर २ विकेट लिए । त्यो पनि तिनै रोहित शर्मा र विराट कोहलीको। उनी हरेक बलमा आफू रमाउने बताउँछन्। त्यसो त उनलाई सूर्यकुमार यादवसँग बिताएका धेरै दिन पनि स्मरणमा ताजै छन्। उनका लागि पूर्ण सन्तुष्टि भने बुधबारको खेलले दिएन। उनले सूर्यकुमार यादवको क्याच छाडेका थिए। तीनै यादवले ५० रन प्रहार गरेर भारतलाई जित दिलाएर नै छाडे।

अमेरिकासँगको खेलपछि उनले हरेक खेलले आफूलाई थप पाठ र प्रेरणा दिने गरेको बताएका छन्। त्यसो त १ जुनमा प्रतियोगिताको उद्घाटन कै दिन अमेरिकाले क्यानडालाई हराएपछि यसले धेरैलाई उत्साहित तुल्याएको थियो।

विश्वकप क्रिकेटमा अमेरिकाले दोस्रो जित हात पार्दा मुम्बईको मालार्डमा पनि खुसीयाली मनाइएको थियो। नेत्रवालकरकी आमा रमासँगै बसेर क्रिकेट हेरिरहेका भारतीय युवाहरू कयौं पटक मुम्बईमा रबरको बलमा क्रिकेट खेलेको सम्झना गर्छन्।

उनी सन् २०१५ मा अमेरिका पुगेपछि त्यहीँ छन्। भारतका लागि यु–१९ विश्वकप र घरेलु रण जी ट्रफीमा समय बिताएका नेत्रवालकर नरेशकै सल्लाहमा अमेरिकामा पनि क्रिकेटलाई आफ्नो वैकल्पिक क्यारियरको रूपमा अघि बढाउने जमर्को गरेका हुन्।

सन् २००९ मा नेत्रवालकर बंगलोरको नेसनल क्रिकेट एकेडेमीका लागि छनोट भएका थिए। सम्भावना बोकेका खेलाडीको चयन गर्ने क्रममा बंगलोरको त्यस एकेडेमीले प्रशिक्षण परियोजनाको आयोजना गरेको हो।

त्यसै एकेडेमीमा रहँदा उनले धेरै पदक भारतीय क्रिकेटमा मध्य क्रमका भरपर्दा ब्याट्सम्यान राहुल द्रविडको विरुद्धमा ब्याटिङ गरेका थिए। सन् १९९० र २००० को दशकमा छाएका द्रविडको साथमा उभिनु पनि नेत्रवालकरका लागि कुनै समय सपना जस्तै लाग्ने गरेको थियो।

उनी यु–१९ विश्वकपमा भारतका लागि सबै भन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए। तर फाइनलमा उनी सहितको टोली उपाधि रक्ष गर्न असफल भएको थियो।

उनलाई साथ दिन पाकिस्तानविरुद्धमा खेलमा बाउन्ड्रीमा उत्कृष्ट फिल्डिङ गरेका हरमित सिंह पनि कोभिड-१९ को महामारी सुरु भएको समयमा भारतबाट अमेरिका पुगेका हुन्। अहिले क्रिकेट अमेरिकाको लोकप्रिय खेल होइन। विश्वकपको आयोजक त हो। तथापि रङ्गशालामा अमेरिकी मूलका भन्दा आप्रवासीको उपस्थिति नै धेरै छ। कुनै दिन त्यो रंगशालामा अमेरिकीहरू उपस्थित भएर राष्ट्रिय टिमको पक्षमा हुटिङ गर्ने दिनको पर्खाइमा अझ नेत्रवालकर छन्।

एक दिवसीय मान्यता पाउने बित्तिकै अमेरिकाले आफ्नो देशमा बस्ने विदेशीलाई नि खोजी गरेर नै टिममा राखेको हो। बायाँ हाते स्पिनर हरमितले पनि दुई पटक यू–१० विश्वकपमा भारतको प्रतिनिधित्व गरिरहेका छन्। उनलाई पछि पारेर भारतको टोलीमा अघि बढेका अक्षर पटेल र कुल दीप यादव पनि अहिले अमेरिकामा छन्।

सन् २०१३ को आईपिएलमा हरमित राजस्थान रोयल्सको टोलीमा थिए। उनलाई स्पट फिक्सीङको आरोप लागेको थियो। भारतीय क्रिकेट बोर्ड (बीसिसिआई) ले उनलाई सफाइ दिए पनि उनी राजस्थानमा रहन चाहेनन्। उनी मुम्बई मा खेल्न चाहेका थिएनन्। मुम्बईले उनलाई त्यो अवसर दिएन।। बरु जम्मु एन्ड काश्मीरबाट रणजी ट्रफी खेलेका थिए।

हरमित त यत्ति भाग्यमानी हुन् कि आइसिसीले नियम नै उनकै लागि परिवर्तन गरे जस्तो भएको छ। पहिला अन्य देशमा पुगेर क्रिकेट खेल्न ७ वर्ष बसोबास गरेको हुनुपर्ने नियम थियो। अहिले त्यो तीन वर्षमा झारिएको छ।

उनको पनि विश्वकप खेल्ने सपना नै थियो। बिचमा त्यो सपना छाडी सकेका थिए। भारतीय क्रिकेटमा उनले रोहित शर्मासँग पनि खेलेका थिए। रोहितको विरुद्धमा पारीको सुरुवातमा नै बलिङ गर्दा उनी त्यत्तिकै हौसिएका थिए।

अमेरिकाको अब एक खेल बाँकी छ। उनीहरू नतिजासँग डराएका छैनन् आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने कुरामा मात्र केन्द्रित छन्। जे होस नेत्रवालकर र हरमित अमेरिकी टोलीको यो उत्कृष्ट प्रदर्शनको दंग भएका छन्। जसले अमेरिकामा क्रिकेटलाई पनि लोकप्रिय गराउन सक्छ। स्रोतः क्रिकइन्फो

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ८ : ५८ बजे

आज यी स्थानमा हुनेछ ठूलो वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कपको अभ्यासमा महिला क्रिकेट टिम : पहिलो प्रतिस्पर्धा यूएईसँग

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली

आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै

काठमाडौँ– सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल साउन १ गते मंगलबार तदनुसार