छापा माध्यमका समस्या र कूटनीतिमा मिडियाको भूमिकाबारे छलफल | Khabarhub Khabarhub

छापा माध्यमका समस्या र कूटनीतिमा मिडियाको भूमिकाबारे छलफल


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छापा माध्यमहरूको राष्ट्रिय सञ्जाल र नेपाल-चाइना मिडिया फोरमले बिहीबार छुट्टाछुट्टै रुपमा ‘नेपालका छापा माध्यमले भोगिरहेका समस्या’ बारे छलफल गरेका छन् ।

उनीहरूले त्यसक्रममा ‘नेपाल-चीन दिगो सम्बन्ध विकासमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम पनि गरेका छन् ।

ललितपुरमा आयोजित उक्त कार्यक्रममा नेपालका ४ दर्जन बढी वरिष्ठ पत्रकारसहित सरोकारवालाको उपस्थित थिए ।

साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले ‘छापा माध्यमका समस्या र सम्बद्ध पक्षहरूसँग अपेक्षा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरे ।

कार्यपत्र प्रस्तुत गर्दै खनालले भने, ‘सूचना प्रविधिमा भएको तीव्र विकासले छापा माध्यमहरूका पाठक अवश्य घटेका छन् तर छापाको सान्दर्भिकता भने सकिएको छैन’, उनले भने ।

खनालले पत्रकारिताका समस्या निराकरणको लागि स्वयम् छापा माध्यमहरूले आफूलाई परिष्कृत बनाउने र समय सापेक्ष ढाल्नु पर्ने बताए ।

समाचारका विषयवस्तु र त्यसको प्रस्तुतीकरण विगतमा झैँ गर्ने हो भने छापा माध्यम नटिक्ने यथार्थतामा जोड दिँदै उनले भने, ‘अब छापाले समाचार ब्रेकिङ गर्नेबारे सोच्ने होइन, बरु समाचारको गहिराइलाई नाप्ने काम गर्नुपर्छ । न्यु मिडियाले दिन नसकेका र छुटाएका विषयवस्तुमा केन्द्रित रहेर समाचार प्रकाशित गर्ने हो भने अझै पनि अखबारले पाठक पाउन सक्ने सम्भावना जीवितै छ ।’

त्यसैगरी,नेपाल-चीन दिगो सम्बन्ध विकासमा मिडियाको भूमिका’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै पत्रकार सीताराम भट्टराईले कूटनीतिमा मिडियाको अहम् र प्रभावकारी भूमिका हुने बताए ।

नेपाल-चीन सम्बन्धलाई अझ प्रगाढ र द्विपक्षीय हितको बाटोमा डोर्‍याउने मिडियाले जे जति मात्रामा काम गर्न सक्थ्यो त्यसो हुन नसकेको उनको निष्कर्ष थियो ।

नेपाली मिडियाले नेपाल-चीन सम्बन्धलाई ठीकसँग बुझ्न नसकेको बताउँदै उनले भने, ‘हामीसँग धेरै उदाहरण छन् जसले हाम्रा मिडियाले चीनसँगको सम्बन्धमा रहेको संवेदनशीलतालाई नबुझेको प्रमाणित गर्छन् । त्यसैगरी,उही विषय र प्रसङ्गमा परस्पर विरोधी अर्थ लाग्ने समाचारहरू भिन्न भिन्न मिडियामा प्रकाशित हुने गरेको तीतो यथार्थता दुई मुलुकवीचको सम्बन्धमा दरार ल्याउने विषय बन्न सक्छ ।’

उनले चिनियाँ पक्षले पनि नेपाली मिडियालाई समयमा नै सही सूचना दिने र सूचनाको पहुँचमा रहनुपर्ने बताए ।

नेपाल-चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाली छापा माध्यमले हाल भोगिरहेको समस्यालाई परास्त गर्न नयाँ ढङ्गले सोच्नु पर्ने बताए ।

उनले छापा माध्यमको महत्त्व र गरिमा अझै बाँकी नै रहेको हुँदा त्यसको प्रभावकारितालाई केन्द्रमा राखेर समाचार प्रकाशित गर्न सके आत्तिनु पर्ने अवस्था अझै आइनसकेको टिप्पणी गरे ।

श्रेष्ठले नेपाली मिडियाले नेपाल-चीन सम्बन्धलाई अझै मजबुत पार्न दुई मुलुकबीच भइरहेका संवाद,सहकार्य र आपसी साझेदारीलाई इमानदारितासाथ आमनागरिकसमक्ष पुर्‍याउने जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मन्तब्य राख्दै नेपाली छापा माध्यमले भोगिरहेका समस्यालाई सम्बोधन गर्न नेपाल सरकारका सम्बन्धित निकायलाई समेत सक्रिय गराउन आफूले पहलकदमी लिने प्रतिवद्दता व्यक्त गरे ।

वरिष्ठ पत्रकारहरू राजन कार्की, महेश्वर दाहाल, खिलबहादुर भण्डारी, विश्वमणि सुवेदी, बालकृष्ण चापागाईं,निर्मला शर्मा र पुष्प प्रधानले प्रस्तुत दुवै कार्यपत्रमा टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  १२ : १९ बजे

चीनद्वारा बालबालिका लक्षित हानिकारक सामग्रीमाथि अनलाइन कारबाही सुरु

एजेन्सी– चिनले शनिबार बालबालिकाका लागि हानिकारक मानिने सामग्री, भिडियो एप

बढ्दो ट्याटू मोह : जीवनभर असर !

काठमाडौं– साथीको लहलहैमा लागेर १९ वर्षीय किशोर सन्तोषले पाखुरामा ट्याटू

मोर्डनकन्या कलेजमा भानुजयन्ती

काठमाडौं– मुलुकका पुराना साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र

मातृभूमि लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु

काठमाडौं– जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त

धनुषामा धानखेती गर्ने जमिन घट्दै

जनकपुरधाम– धनुषा जिल्लामा  आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ  भएको